नेपालमा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन अझै १६ प्रतिशत नागरिकले बाँकी रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लक्षित समूह मध्ये ८४.० प्रतिशतले खोप लगाइसकेका छन् । अर्थात् एक करोड ९५ लाख ९६ हजार ३९४ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । यस्तै, ९५.४ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन् । अर्थात् दुई करोड २२ लाख ६४ हजार ४७७ जना छन् ।यस्तै, स्वास्थ्य मन्त्रालयकाअनुसार ३३ लाख ७४ हजार ५ जनाले बुस्टर डोज लगाएका छन् । मन्त्रालय कोरोनाभाइरस विरुद्धको खोप नलगाएक