मनाङमा अब करिब ३ हजार मात्रै कोभिड खोप लगाउन बाँकी

हिमाली जिल्ला मनाङमा करिव ३ हजार जनामात्रै कोरोनाविरुद्ध खोप लगाउन बाँकी रहेको पाइ एको छ । न्युन जनसंख्या रहेको मनाङमा यसअघिनै करिव दुईहजार जनालाई कोभिशिल्ड र भेरोशिल्ड खोप लगाइसकेकाले अब ३ हजार मात्रा खोप प्राप्त भएमा मनाङका सवै नागरिकहरूले खोप पाउने स्वास्थ्य कार्यालय मनाङले जनाएको हो ।स्वास्थ्य कार्यालय मनाङकाअनुसार जिल्लाको नार्पा भूमिगाउँपालिका अन्तर्गतका सबै नागरिकहरूले […]

सम्बन्धित सामग्री

धनगढी उपमहानगरपालिकाले ९० हजारलाई दियो कोभिड खोप

धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाले आफ्ना १९ वडाका ९० हजार नागरिकलाई कोभिड खोप लगाएको जानकारी दिएको छ । एक लाखभन्दा बढी नागरिकले खोप केन्द्रमा आई नाम दर्ता गरे पनि ९० हजारलाई मात्र खोप लगाउन सकिएको स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले जानकारी दिए । धनगढी उपमहानगरपालिका सबै वडामा रहेका असक्त, अपाङ्ग ४ सय ५० जनालाई घरमै गएर कोभिड खोप लगाइएको छ । नाम दर्ता गरेका बाँकी १० हजारलाई पनि छिट्टै खोप लगाइने बोहराले बताए ।कडा खालको रोग लागेका ८२ जना विपन्न परिवारलाई स्वास्थ्य शाखाको सिफारिसबाट

प्रदेश १ सरकारलाई ३० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

विराटनगर : करुणा फाउण्डेशनले प्रदेश १ सरकारलाई ३० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ। आइतबार स्वास्थ्य सामग्री मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरिएको थियो।फाउण्डेशनले दिएका अक्सिजन कन्सन्ट्रेटर संखुवासभा, भोजपुर, तेह्रथुम लगायतका सात जिल्लाका जिल्ला अस्पताललाई ३÷३ वटा र कोशी कोभिड अस्पताललाई नौवटा वितरण गरिने जनाइएको छ।उक्त कार्यक्रममा मुख्यमन्त्री राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागिपरेको बताए। उनले नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता भएकाले सरकारले कुनै कसर

कोरोना खोप लगाएका ३३ मा सामान्य समस्या

डोटी । कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । केही समय मात्रै सामान्य असर देखिएकाले उनीहरु सबै आ–आफ्नो नियमित काममा फर्किसकिएको बताइएको छ । पछिल्लो केही दिनदेखि अस्पतालमै आएर कोरोनाविरुद्धको खोप लगाउने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति उत्साहजनक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लागाउनेमा पुरुष स्वास्थ्यकर्मीभन्दा पनि महिला स्वास्थ्यकर्मीको सङ्ख्या बढी रहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी सूर्य विष्टले जानकारी दिनुभयो । उहाँका अनुसारखोप लागउनेमा महिला ५३२ तथा पुरुष ३४५ रहेका छन् । गएको बुधबार अर्थात् यही १४ गतेदेखि शुरु भएको कोरोनाविरुद्धको खोप अभियानमा जिल्लाभरिबाट आउने स्वास्थ्यकर्मीलाई स्थानीय तहअनुसार पालैपालो खोप लगाउन शुरु गरिएको छ । खोप अभियान जिल्ला अस्पताल परिसरमा सञ्चालन भइरहेको छ । जिल्लामा जम्मा एक हजार ६२० डोज भ्याक्सिन आएको अस्पतालले जनाएको छ । सरकारले निर्धारण गरेको पहिलो चरणमा लगाइने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुन्लेस चालकलगायत जिल्लामा जम्मा एक हजार ५२६ जनालाई खोप लगाउने लक्ष्य लिइएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी पहिलो चरणमा स्वास्थ्कर्मी, सरसफाइकर्मी तथा चालकलाई खोप लगाउँदैछौँ, त्यसपछि सरकारको निर्देशनअनुसार अन्यलाई लगाउनेछौँ ।’ जिल्लामा सोमबारसम्म मात्रै खोप लगाउने निर्णय गरिएको भए पनि त्यो समय बढाएर यही माघ २२ गतेसम्म राखिएको छ । खोप लगाउन अझै केही सङ्ख्या बाँकी रहेकाले कोभिड खोप व्यवस्थापन तथा अनुगमन समितिको निर्णयअनुसार केही दिन समय बढाएको अस्पतालले जनाएको छ ।