नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर सङ्घीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर समक्ष प्रस्ताव गरेको खुलेको छ ।काठमाडौंमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो विषयमा धारणा दिन पनि पार्टीका नेताहरुसँग राय मागेका छन । ‘ओलीजीले बोलाएर आगामी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गर्नु भएको छ, यसबारेमा पनि छलफल गर्न जरुरी छ’ ठाकुरको भनाई उद्धृत