असोज तीन, अधुरो संविधानको प्रतिरोध दिन (फोटोफिचर)

संविधान अपुरो भएको भन्दै नागरिक समाजका अगुवाहरुले विरोध प्रदर्शन गरेका छन् ।आइतबार संविधान दिवसका दिन काठमाडौमा विरोध प्रदर्शन गर्दै नागरिक समाजका अगुवाहरुले नेपालको संविधान लेखेको प्लेकार्ड जलाएका हुन् ।प्रदर्शनमा सहभागीहरुले ‘असोज ३ कालो दिन, असोज ३ अधुरो संविधानको प्रतिरोध दिन’ जस्ता प्लेकार्डहरु प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनमा नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायतको उपस्थिति रहेको थियो ।२०७२ सालमा संविधान जारी भएपछि सरकारले प्रत्येक असोज ३ लाई संविधान दिवसका रुपमा मनाउँदै

सम्बन्धित सामग्री

गाउँले परिवेशमा आधारित उपन्यास ‘ठाँटीको घाम’

वरिष्ठ साहित्यकार टङ्क भट्टराईद्वारा लिखित ‘ठाँटीको घाम’ उपन्यासको विषयवस्तुमाथि खोटाङको दिक्तेलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । गत असोज–२८ गते ताप्लेजुङमा विमोचन गरिएको सो उपन्यासमा दुई सय ४५ पेजमा ५३ फरकफरक विषयवस्तु समेटिएका छन् । उपन्यासभित्र ‘रमितेखोलो, गोठाला, झाँक्री पहरो, अधुरो, सिक्किमे पिरती, बजूका कथा, धामीको भर, शिक्षाको झिल्को, अँध्यारो बाटो, लाहुरतिर, चिठीचपेटो, ठाँटी चौतारो, …

राष्ट्रिय खेलकुदले अधुरो खैलमैदानलाई पूर्णता दिने चुनौती थप्यो

म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल खेलमा भएको दर्शकको उपस्थितिले बेनीको अधुरो खेलमैदानलाई पूर्णता दिने चुनौती सिर्जना गरेको छ । असोज २८ देखि २ गतेसम्म सञ्चालन भएको महिला भलिबल खेलको प्रतिस्पर्धा अवलोकन गर्न आएका दर्शकका लागि व्यवस्था गरिएको प्यारापिट, कुर्चि र कार्पेट विछ्याइएको भूइँमा नअटाएपछि उभिएरै हेर्नुपरेको थियो ।

४० वर्षसम्म बनेन प्यूठानको सिँचाइ आयोजना

१४ असोज, रोल्पा । प्यूठानको एक सिँचाइ आयोजना सुरु भएको ४० बर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन । प्यूठानको स्वर्गद्वारी नगरपालिका– ५ का खेतका लागि २०३७ सालमा सुरु भएको आयोजना अझै अधुरो छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ रुइनिवाङ नजिकको लुंग्री खोलाबाट प्यूठानको स्वर्गद्वारी नगरपालिका–५ सारीमा पानी लैजाने उक्त योजनाबाट रोल्पाको साविक मिझिङ गाविसको […]

लोसपाले असोज ३ गते कालो दिवस मनाउने

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ गते (संविधान दिवस)को कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको कार्यकारिणी सदस्य अकवाल अहमदले बताए । असोज ३ गते अधुरो संविधान बनाइएको र संशोधनका लागि पटक पटक आग्रह गर्दा पनि हुन नसकेको भन्दै लोसपाले त्यो दिनलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको हो ।त्यस्तै बैठकले असोज ४ गतेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरे असोज ५ गतेदेखि आन्दोलनमा जाने निर्णय समेत गरेको छ भने बैठ

म्याग्दीको लाम्पाटा–दरबाङ सडक अलपत्र, सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य

जेठ १९, म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीका व्यक्ति सम्पर्कविहीन हुँदा सर्वसाधारण जीर्ण, कच्ची, धुलाम्मे र हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।  पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभी एक महीनादेखि सम्पर्कविहीन अवस्थामा रहेको छ ।  २०७८ वैशाखदेखि मंसिरसम्म रोकिएको सडक निर्माणका लागि मुख्य ठेकेदारले हिमालयन विल्डर्सलाई सहायक ठेकेदारको रुपमा गत पुस महिनामा कार्यक्षेत्रमा परिचालन गरेका थिए । मुल ठेकेदारबाट भुक्तानी नपाउँदा सहायक ठेकेदार हिमालयन विल्डर्सले गत वैशाख अन्तिम सातादेखि काम छाडेपछि सडक निर्माण अलपत्र बनेको हो ।  पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले फोन र पत्रमार्फत ताकेता गरिए पनि बिरुवा–क्याराभानका प्रतिनिधिले काम सुचारु नगरेको बताए । ‘निर्माण व्यवसायीलाई फोन र पत्रमार्फत ताकेता गरेका छौँ’, उनले भने ‘मन्त्रालयमा जानकारी गराएर जमानत जफतका लागि बैंकमा पत्राचार गरिएको छ ।’  विसं २०७६ जेठ ३१ गते रू. २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा निर्माण सक्नुपर्ने समयसीमा तोकिएको थियो । विसं २०७८ चैत महीनामा अन्तिम पटक थपिएको सम्झौताको म्याद सकिए पनि समय थपका लागि समेत ठेकेदारले प्रक्रिया अघि बढाएका छैनन् । हालसम्म करीब ५५ प्रतिशत भौतिक प्रगति भएको छ ।  सहायक ठेकेदारले रणवाङ र रातोढुंगा क्षेत्रमा पर्खाल निर्माण तथा बलौटेमा म्याग्दी नदी नियन्त्रणका लागि किनारमा पर्खाल बनाएका थिए । सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरेको मंगला गाउँपालिका–२ रणवाङका श्रीराम पौडेलले बताए ।  ‘दुई तीन वटा ठेकेदार फेरिएका छन्, कसैले पनि काम पूरा गरेका छैनन्, अधकल्चो मात्रै बनाएर छाडेका छन्,’ उनले भने ‘पूर्वाधार विकास कार्यालय, प्रशासन र जनप्रतिनिधिमार्फत दबाब दिए पनि अटेरी गरेका देखिन्छ ।’ सडकमा थुपारिएको माटो, ढुंगा र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ । लथालिङ अवस्थामा रहेको सडकमा सवारीसाधन सञ्चालन गर्न निकै कठिनाई भइरहेको यातायात व्यवसायी शक्ति छिनालले बताए ।  मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पूर्वाधार विकास कार्यालयले तीन वटा प्याकेजमा स्तरोन्नति गरिरहेको छ ।  लामा–समानान्तर जेभीले ठेक्का लिएको बेनी–सिम खण्डको साढे १२ किलोमिटर दुरिको बेनीदेखि सिमखण्ड कालोपत्रको अन्तिम चरणमा पुगेको छ । बेनीदेखि तातोपानी सम्मको ९ किलोमिटर दुरिमा कालोपत्र गरिसकेको र तातोपानीदेखि सिमसम्मको सडकमा कालोपत्र गर्न थलिएका पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख अधिकारीले बताए ।  विसं २०७४ असोज ४ गते रू. ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य लिइएको थियो । सिमदेखि लाम्पाटा खण्डको चार किलोमिटर सडक कालोपत्र गर्न पुस १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धराले रू. १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता गरेको थियो ।  १८ महीनाको ठेक्का अवधि भएको ओमबुद्धले पहिलो चरणमा सडक विस्तारको काम थालेको छ ।  सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गर्न लागिएको हो ।  विसं २०६३ मा मार्ग खुलेको २४ किलोमिटर दुरीको बेनी–दरबाङ म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । यो सडक बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्दै आएका छन् । रासस

लाम्पाटा–दरबाङ सडक अलपत्र

म्याग्दी । म्याग्दीको रणनीतिक महŒवको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माण अझै शुरू भएको छैन । मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो ।      सडक विस्तार गरेर कालोपत्र गर्न सञ्चालित आयोजना अलपत्र पर्नुका साथै नागरिकलाई सास्ती भएको मंगला गाउँपालिका–२ रणबाङका मोतीलाल शर्माले बताए । ‘अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपुर्ण यात्रा गर्नुपरेको छ,’ उनले भने, ‘पछिल्लो आठ महिनायता सडक निर्माण ठप्प बनेको छ ।’ सो ठेकेदारको जिम्मामा पर्ने बांगे पहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ । बर्खामा खसेको पहिरो नफालिएकाले सडक साँघुरिएको छ । बलौटेमा म्याग्दी नदिले कटान गरेर जोखिम बनाएको छ । बीच सडकमा थुपारिएको माटो, ढुंगा र खाल्डाखुल्डीले सवारीसाधन ठोक्किने गरेको ट्याक्सी चालक रमेश भण्डारीले गुनासो गरे । ‘खाल्डैखाल्डा भएको सडक छेउमा थुपारिएको माटो व्यवस्थापन भएको छैन,’ उनले भने, ‘सडकको जीर्ण अवस्थाका कारण आवतजावतमा सास्तीका साथै गाडीका पाटपूर्जा बिग्रिएर हैरान भएको छ ।’ लाम्पाटादेखि दरवाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्र गर्न रू. २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म ५० प्रतिशत निर्माण सकिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीले बताएको छ । फोन सम्पर्क गर्दा आउँछु भनेर प्रतिक्रिया दिने ठेकेदार कम्पनीका प्रतिनिधि नआएको र काममा फर्काउन ताकेता गरिएको कार्यालयका प्रमुख सन्तोष अर्यालले बताए । बिरुवा–क्याराभानका प्रतिनिधि सोमनाथ गौचनले नदीजन्य निर्माण सामग्री (ढुंगा, गिट्टी र बालुवा) नपाएकाले सडक निर्माण प्रभावित भएको बताए । मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीनओटा प्याकेजमा स्तरोन्नति भइरहेको छ । पहिलो प्याकेजमा पर्ने बेनीदेखि सिमसम्मको सडक कालोपत्रको तयारी भएको छ ।      समानान्तर–लामा जेभीका आयोजना व्यवस्थापक राजेश सदाले सातओटा प्याकेजमा नाली, पर्खाल निर्माण र कालोपत्रेका लागि रोडा बिछ्याएर रोलरले पेल्ने काम भइरहेको बताए । २०७४ असोज ४ गते रू. ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करिब ६५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ ।

लाम्पाटा–दरबाङ सडक निर्माण अलपत्र

मंसिर २७, म्याग्दी । जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै शुरु भएको छैन । मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो । सडक विस्तार गरेर कालोपत्रे गर्न सञ्चालित आयोजना अलपत्र पर्नुका साथै नागरिकलाई सास्ती भएको मंगला गाउँपालिका–२ रणबाङका मोतीलाल शर्माले बताए । ‘अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपुर्ण यात्रा गर्नुपरेको छ’, उनले भने, ‘पछिल्लो आठ महीनायता सडक निर्माणको काम ठप्प बनेको छ ।’ सो ठेकेदारको जिम्मामा पर्ने बांगे पहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ ।   बर्खामा खसेको पहिरो नफालिएकाले सडक साँघुरिएको छ । बलौटेमा म्याग्दी नदिले कटान गरेर जोखिम बनाएको छ । बिच सडकमा थुपारिएको माटो, ढुंगा र खाल्डाखुल्डीले सवारी साधन ठोक्कीने गरेको ट्याक्सी चालक रमेश भण्डारीले गुनासो गरे ।   ‘खाल्डैखाल्डा भएको सडक छेउमा थुपारिएको माटो व्यवस्थापन भएको छैन’, उनले भने, ‘सडकको जीर्ण अवस्थाका कारण आवतजावतमा सास्तीका साथै गाडीका पाटपूर्जा बिग्रिएर हैरान भएको छ ।’ लाम्पाटादेखि दरवाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न रू. २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालय, म्याग्दीले जानकारी दिएको छ । कार्यालयका प्रमुख सन्तोष अर्यालले फोन सम्पर्क गर्दा आउँछु आउँछु भनेर प्रतिक्रिया दिने ठेकेदार कम्पनीका प्रतिनिधि नआएका र काममा फर्काउन ताकेता गरिएको बताए । ‘पत्र र मौखिकरुपमा काममा फर्कन ताकेता गरेका छौँ, उनले भने, ‘चैतसम्म थपिएको म्यादभित्र काम सक्न निर्देशन दिएका छाँै । एक÷दुई दिनमा काममा फर्कने प्रतिक्रिया दिएका छन् ।’ बिरुवा–क्याराभानका प्रतिनिधि सोमनाथ गौचनले नदीजन्य निर्माण सामग्री (ढुंगा, गिट्टी र बालुवा) नपाएकाले सडक निर्माण प्रभावित भएको बताए । मंगला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीन ओटा प्याकेजमा स्तरोन्नति भइरहेको छ । पहिलो प्याकेजमा पर्ने बेनीदेखि सिमसम्मको सडक कालोपत्रेको तयारी भएको छ ।   समानान्तर–लामा जेभीका आयोजना व्यवस्थापक राजेश सदाले सातओटा प्याकेजमा नाली, पर्खाल निर्माण र कालोपत्रका लागि रोडा बिछ्याएर रोलरले पेल्ने काम भइरहेको बताए । विसं २०७४ असोज ४ गते रू. ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करीब ६५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ ।   मंगला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको तीन दशमलव ६१५ किलोमिटर सडक स्तरोन्नतिका लागि रू. दुई करोड ९५ लाख बजेट आएको र ठेक्का सम्झौताको तयारी भएको पूर्वाधार विकास कार्यालयका प्रमुख अर्यालले बताए । रासस

फाइभजी परीक्षणको सुरसार, तर फोरजी विस्तार नै बाँकी

६ असोज, काठमाडौं । नेपाल टेलिकम पाँचौं पुस्ताको इन्टरनेट सेवा ‘फाइभजी’ परीक्षणको तयारीमा छ । कम्पनीको फोरजी नेटवर्क विस्तारको पहिलो चरणको महत्वाकांक्षी आयोजना भने अझै अधुरो छ । फाइभजी परीक्षणको अनुमति कुरिरहेको टेकिलमले फोरजी विस्तारमा ढिलाइ गर्दा सम्भावित करोडौं आम्दानी गुमाएको छ । ठूलो रकम खर्चिएर विस्तार भइरहेको फोरजीले लगानीअनुसार प्रतिफल दिन नसके कम्पनीलाई वित्तीय […]