राष्ट्रिय खेलकुदले अधुरो खैलमैदानलाई पूर्णता दिने चुनौती थप्यो

म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल खेलमा भएको दर्शकको उपस्थितिले बेनीको अधुरो खेलमैदानलाई पूर्णता दिने चुनौती सिर्जना गरेको छ । असोज २८ देखि २ गतेसम्म सञ्चालन भएको महिला भलिबल खेलको प्रतिस्पर्धा अवलोकन गर्न आएका दर्शकका लागि व्यवस्था गरिएको प्यारापिट, कुर्चि र कार्पेट विछ्याइएको भूइँमा नअटाएपछि उभिएरै हेर्नुपरेको थियो ।