खानेपानीको अभाव, धारा छ पानी आउँदैन

पूर्वी नवलपरासीका विभिन्न ठाउँमा खानेपानीको अभाव हुन थालेको छ। मुहान सुक्दै गएपछि खानेपानी लिनकै लागि घण्टौँसम्म हिँड्नुपर्ने बाध्यता रहेको छ। देवचुली नगरपालिका–२ मा खानेपानीका मुहान सुकेका छन्। जिल्लाको दुम्कौलीमा रहेको पुनर्वासका बासिन्दालाई ट्याङ्करमा पानी ओसारेर खुवाउनु परेको छ। अति विपन्न क्षेत्र अन्तर्गत पर्ने पुनर्वास टोलमा खानेपानीको अभाव हिउँदमा मात्र नभई वर्षभरि नै हुने गरेको छ। अहिले मुहानसमेत सुकेपछि ट्याङ्करबाट ल्याएको पानीमा निर्भर हुनु परेको हो।

सम्बन्धित सामग्री

काठमाडाैंलाई पानी खुवाउने मेलम्चीमा कहिले हुन्छ खानेपानी समस्या समाधान ?

सिन्धुपाल्चोक : मेलम्ची भन्ने बित्तिकै खानेपानीको मुहान भनेर चिन्ने गरेपनि मेलम्ची बजारकै नागरिकले खानेपानीको अभाव झेल्दै आएका छन् ।  अब भने मेलम्ची नगरपालिका–११ मेलम्ची बजारका स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान हुने भएको छ । बजारका घरमा खानेपानीको धारा जडान गरेर खानेपानीको स...

काठमाडाैंलाई पानी खुवाउने मेलम्चीमा कहिले हुन्छ खानेपानी समस्या समाधान ?

सिन्धुपाल्चोक : मेलम्ची भन्ने बित्तिकै खानेपानीको मुहान भनेर चिन्ने गरेपनि मेलम्ची बजारकै नागरिकले खानेपानीको अभाव झेल्दै आएका छन् ।  अब भने मेलम्ची नगरपालिका–११ मेलम्ची बजारका स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान हुने भएको छ । बजारका घरमा खानेपानीको धारा जडान गरेर खानेपानीको स...

धारा छ पानी छैन

काठमाडौँ,२९ माघ । डडेल्धुराका दलित बस्तीमा खानपानीको अभाव हुन थालेको छ । लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानी अभाव भएको हो । अमरगढी–६ छचोडा गाउँमा पुराना जीर्ण खानेपानी योजना हुनु, लामो समयसम्म अकासको पानी नपर्नु तथा मौसम सुख्खा हुनु जस्ता कारणले खानेपानीको अभाव भएको हो । यहाँ दुई सय ५० घरधुरी छन् । यहाँ वि.सं […]

सिन्धुपाल्चोकमा भूकम्पबाट विस्थापितलाई खानेपानीको अभाव

काठमाण्डाै - सिन्धुपाल्चोकमा २०७२ सालको भूकम्पबाट विस्थापित भएका नागरिकलाई खानेपानीको अभाव भएको छ । इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको हो । इन्द्रावतीको तल्लो बसेरी, ढाडेँलगायतका ५३ परिवारलाई त्यहाँको वडा–४ नवलपुरमा सामूहिक जग्गा खरिद गरेर स्थानान्तरण गरिएको थियो । स्थानान्तरणपछि बस्तीका हरेक घरमा धारा बनेका छन् तर खानेपानी सङ्कलनका लागि बनाइएको ट्याङ्की रित्तो छ । बस्तीका लागि स्थायी खानेपानीको मूलसमेत नहुँदा एक गाग्री पानी थाप्न दैनिक तीन किलोमिटर टाढा पुग्नुप...

लमजुङको सुन्दरबजारमा ४ हजारभन्दा धेरै घरमा मिटरजडित धारा निर्माण

काठमाडौँ- लमजुङको सुन्दरबजार नगरपालिकाका चार हजारभन्दा बढी घरमा मिटरजडित धारा निर्माण भएको छ । नगरपालिकाले पाँच वर्षको अवधिमा चार हजार दुई सय ६५ घरधुरीमा धारा जडान गरेको हो । स्वच्छ पानी पिउन पाउने नागरिकको नैसर्गिक अधिकारलाई मध्यनजर गरी घरघरमा खानेपानीको धारा निर्माण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका प्रमुख कृष्णप्रसाद कोइरालाका अनुसार खानेपानीको अभाव भएका […]

खानेपानीको चरम अभावमा डम्मरेखोला र घैतानगाउँ

बागलुङ : ढोरपाटन नगरपालिका वडा नम्बर ९ डम्मरेखोला र घैतानगाउँका स्थानीयको घर अगाडि धारा छन्।धारामा पानी नआएको महिनौँ भयो। गाउँबाट निकै टाढा रहेको मुहानबाट ल्याएकाे धारामा नियमित पानी आउँदैन। जसकारण यहाँका सयौँ नागरिक घण्टौँ लगाएर पानी बोकेर ल्याउने बाध्यतामा छन्।वर्षाैंदेखि खानेपानीको अभाव भोगिरहेका डम्मरेखोलाका स्थानीयहरुको समस्या सरकारले देखेन। स्थानीयलाई शुद्ध पानी पिउन र सरसफाइ गर्न निकै समस्या भइरहेको छ।संघीय सरकारले वि.सं. २०७२/०७३ मा खानेपानी आयोजना सुरु गरे पनि अहिलेस

घरघरमा धारा पुगेपछि ढुंग्रेका स्थानीय खुशी

चितवन । घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका–६ ढुंग्रेका बासिन्दा खुशी भएका छन् । पुस्तौंदेखि खानेपानी जोहो गर्न घण्टौं टाढा पुग्नुपर्ने सो गाउँका बासिन्दा घरघरमा धारा पुगेपछि खुशी भएका हुन् ।  ढुंग्रे गाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौंदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यमिक विद्यालय ढुंग्रेका प्रधानाध्यापकसमेत रहेका स्थानीय विश्वनाथ गुरुङले पुस्तौंदेखि रहेको खानेपानीको समस्या हल भएकोमा स्थानीय सरकारलाई धन्यवाद दिए । पुस्तौंदेखि घण्टौं लगाएर कुवाबाट पानी भरेर उपभोग गरिरहेका यहाँका बासिन्दाले स्थानीय सरकार आएसँगै घरघरमा धारा आउँदा आफूहरु खुशी भएको बताए । उनका अनुसार यसअघि यहाँ प्रत्येक घरका एक जनाको काम नै दिनभर पानी जोहो गर्नमा लाग्नुपर्ने अवस्था थियो ।   उनले भने, ‘एक गाग्री पानी लिन घण्टौं लगाएर धाउनु पर्ने बाध्यता हटेको छ, एक जनाको काम नै बिहान ४ बजेदेखि दिनभर पानीको जोहो गर्नुपर्ने हुन्थ्यो पानीको धारा घरघरमा आएपछि गाउँलेले सुखको अनुभूति गरेका छन् ।’ वर्षौदेखि आफूहरूले पहल गरिरहेपनि स्थानीय सरकार आएसँगै पूरा भएको उनको भनाइ छ । गाउँमा खानेपानीको अभाव हटेपछि समयको बचत हुँदा मेलापात घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीयवासीको भनाइ छ । आयोजना उपभोक्ता समितिका अध्यक्ष डिलकुमार गुरुङका अनुसार ढुंग्रे तुन्तेष खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत ८० घरधुरी रहेका  छन् । सो आयोजनाबाट ५१६ जना जनसंख्या लाभान्वित भएका छन् । सो आयोजना ८९ लाख ८२ हजार २९६ लागतमा बचत भएको उनले  बताए ।  गाउँपालिकाको ७८ लाख ६४ हजार स्थानीय उपभोक्ताबाट ११ लाख १८ हजार २९६ बराबरको श्रमदानमा सम्पन्न भएको हो । उक्त आयोजनामा वाइनटुवाटर नेपालको प्राविधिक सहयोग रहेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले एकघर एक धारा अभियानलाई तीव्र पारिएको बताइन् । गतवर्ष मात्र मोटरबाटो पुगेको सो गाउँमा घरघरमा पानीको धारा पुगेपछि  तरकारी खेती गर्न समेत स्थानीयवासीलाई सहज भएको अध्यक्ष गुरुङको भनाइ छ । गाउँगाउँमा मोटरबाटो र पानी धारा पुगेसँगै व्यवसायिक खेतीतर्फ स्थानीयवासीलाई आकर्षित गर्न कृषि तालिमका साथै अनुदानका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनको भनाइ छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना विशेष गरी तरकारी तथा फलफूल खेतीका लागि उर्वर भूमि मानिन्छ । रासस

आँगनमै खानेपानी पुगेपछि कालिञ्जोरवासीमा छायो खुसी

सर्लाही : वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका चुरे क्षेत्रमा पर्ने ईश्वरपुर नगरपालिका–१२ कालिञ्जोरवासीको घरघरमै पानीको धारा पुगेपछि दंग परेका छन्। सधैं खानेपानीको अभाव हुने कालिञ्जोरको सुकेपुर गाउँमा खानेपानीको सुविधा पुगेको हो।स्थानीय तिलकबहादुर थापाका अनुसार ईश्वरपुर नगरपालिकाको सुख्खा क्षेत्र मानिने साबिकको कालिञ्जोर गाविसको ७ र ८ सुकेपुर क्षेत्रका २०० भन्दा बढी घरधुरीलाई खानेपानीको समस्या टरेको छ। बाँके खोलाबाट गाउँसम्म पानी ल्याउनका लागि नगरपालिकाले पाइप उपलब्ध गराएको हो। पाइप बि

लार्फामा खानेपानी अभाव

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–२ लार्फा गाउँमा खानेपानी अभाव भएको छ । हिउँदे मौसम सुरु हुनै लाग्दा लार्फा गाउँमा खानेपानी अभाव सुरु भएको हो । हिउँदे मौसममा सधैं गाउँमा खानेपानीको अभाव हुने गरे पनि अहिलेसम्म कसैले चासो नदिँदा समस्या समधान नभएको स्थानीय अमनि विश्वकर्माले बताए ।      ‘लामो समयदेखि हाम्रो गाउँमा खानेपानीको समस्या छ’, उनले भने, ‘नजिकै खानेपानीको धारा भए पनि हिउँद याममा सुक्ने भएकाले खानेपानीको समस्या अहिलेसम्म समाधान हुन सकेको छैन ।’ गाउँमा सबैको खानेपानीको एउटा मात्र धारा भएका कारणले पानी भर्नका लागि बिहानैदेखि पानी लिन आउनुपर्ने र पालोमा कुर्नुपर्ने पालो मिचिएमा झगडा हुने गरेको विश्वकर्माले बताए । स्थानीय सरकार आउँदा पनि खानेपानीको विषयमा कसैले चासो नदिएको स्थानीय जितन विकको गुनासो छ । लार्फा गाउँमा अहिले गाउँपालिका र गैरसरकारी संस्था हुरुन्डेक नेपालले खानेपानीका लागि काम गरिरहेको वडा अध्यक्ष बिरी विकले बताए । ‘अबको एक महिनाभित्र गाउँमा खानेपानीको धारा जडान हुन्छ’, उनले भने, ‘लार्फा गाउँका एक घरमा एक धारा निर्माणको अन्तिम तयारी रहेको छ ।’ गाउँमा एक घर एक खानेपानीको धारा निर्माण भए लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका लार्फा गाउँवासीको समस्या समाधान हुने वडाध्यक्षले विकले जानकारी दिए । रासस