बागलुङ : ढोरपाटन नगरपालिका वडा नम्बर ९ डम्मरेखोला र घैतानगाउँका स्थानीयको घर अगाडि धारा छन्।धारामा पानी नआएको महिनौँ भयो। गाउँबाट निकै टाढा रहेको मुहानबाट ल्याएकाे धारामा नियमित पानी आउँदैन। जसकारण यहाँका सयौँ नागरिक घण्टौँ लगाएर पानी बोकेर ल्याउने बाध्यतामा छन्।वर्षाैंदेखि खानेपानीको अभाव भोगिरहेका डम्मरेखोलाका स्थानीयहरुको समस्या सरकारले देखेन। स्थानीयलाई शुद्ध पानी पिउन र सरसफाइ गर्न निकै समस्या भइरहेको छ।संघीय सरकारले वि.सं. २०७२/०७३ मा खानेपानी आयोजना सुरु गरे पनि अहिलेस