धारा बन्यो तर पानी आएन

बागलुङ । बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन । बर्खामा जेनतेन पानीको गुजारा चले पनि हिउँदमा खानेपानीको चरम अभाव भोग्दै आएका छन् । सीमान्तकृत माझी समुदायको खानेपानीको अभाव टार्न तीन वर्षअघि रु ३० लाख खर्चेर खानेपानी तथा […]

सम्बन्धित सामग्री

धारा बन्यो : पानी आएन, कामदारले ज्याला पाएनन्

अछामको मंगलसेन नगपालिका–१२ मा गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट मंगलसेन नगरपालिका–१२ छापडाँडामा ८ वटा पानीका धारा बनाउने गरी १० लाख रुपैयाँको योजना आयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अछाममातहतमा योजनाको काम सम्पन्न भयो ।

गाउँमा खानेपानी आएपछि बजार बन्यो बस्ती

छेडागाड नगरपालिका–२ सुयाडाका मनबहादुर विक फलामको काम गर्छन् । फलामको काम गरेवापत उनलाई त्यहाँका सर्वसाधारणले दिएको अन्नबाट दैनिक जीविका चलाउने गर्दछन् । विकको घर आंगनमै अहिले २४ घण्टा पानीको धारा आउने गर्दछ । पानी बोक्दै हैरान हुने विकको श्रीमती पानसरी विक पानीको धारा घरमै आएपछि समय बचत भएको भन्दै श्रीमान्सँग फलामको काममा सघाउने गरेको बताउँछिन् […]

बाटो खन्दा पानी ठप्प

अर्घाखाँचीको पूर्वीक्षेत्रको बल्कोट, केरुंगा र चिदीका गाउँमा ल्याइएको छत्रगन्जको मढेलचौर खानेपानी मुहानमाथि दशकअघि सडक खन्न डोजर चलाइयो । बाटो बन्यो तर पानीको मुहान सुक्यो । बाटो खन्दा हराएको पानी भेटिएन । पानी ठप्प भएपछि गाउँका ट्यांकी, धारा पनि फुटेर हराइसके ।

चिसोले खोलानाला र धाराको पानी जम्दा कष्टकर बन्यो मुस्ताङको जनजीवन

पर्वत : गर्मी याममा सामान्य जनजीविका हुने मुस्ताङमा जाडोको याम भने प्रतिकूल हुने गरेको छ। मंसिर, पुस र माघ महिनामा तापक्रम माइनसमा पुग्दा बग्दै गरेका खोला र धारामा झर्दै गरेको पानी जमेर सिसा जस्तै बन्छ।हिमाली जिल्ला मुस्ताङका बस्तीहरू कोही हिमालकै काखमा छन् त कोही हिमालको सम्मुखमा। चिसोकै कारण हिमताल पनि जमेका हुन्छन्। चिसो याममा पहाडी क्षेत्रमै जनजीविका कष्टकर बनेको हुन्छ। हिमाली क्षेत्रको अवस्था सहज हुने त कुरै भएन। स्थानीय बासिन्दाका अनुसार केही दिनयता अत्यधिक चिसो बढेपछि धारा, खोला, ताल

‘बा, हाम्रो घरको धारामा किन पानी नआएको ?’

चिटिक्क परेको सिमेन्टेड पानीको धारा छ तर पानी आउँदैन । धाराको टुटीबाट पानी चुहिन छाडेको दुई वर्ष भयो । गाउँका मानिसहरू धाराको टुटी हेर्दै हरेक दिन २ घण्टा लगाएर पानी लिन जान्छन् । गाउँमा सडक बन्यो । हर्न बजाउँदै गाडी आयो । तर, धारामा पानी आएन । खानेपानीको अभावले गाउँ नै छाडेर हिँड्नुपर्ने विकल्पबारे सोच्न थालेका छन् स्थानीय । रामेछापको खाँडादेवी गाउँपालिकाको माकादुमका–११ वर्षीय स्वर्णिम तामाङ त्यही धाराको टुटीमा झुन्डिएर खेल्थे । धारामा पानी आउन छाडेपछि हरेक दिनजसो स्वर्णिम बालाई सोध्छन्, ‘बा हाम्रो ...

‘बा, हाम्रो घरको धारामा किन पानी नआएको ?’

काठमाडौं । चिटिक्क परेको सिमेन्टेड पानीको धारा छ तर पानी आउँदैन । धाराको टुटीबाट पानी चुहिन छाडेको दुई वर्ष भयो । गाउँका मानिसहरू धाराको टुटी हेर्दै हरेक दिन २ घण्टा लगाएर पानी लिन जान्छन् । गाउँमा सडक बन्यो । हर्न बजाउँदै गाडी आयो । तर, धारामा पानी आएन । खानेपानीको अभावले गाउँ नै छाडेर हिँड्नुपर्ने […] The post ‘बा, हाम्रो घरको धारामा किन पानी नआएको ?’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सहकार्यकै आवश्यकता (सम्पादकीय)

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते प्रतिनिधि सभामा राख्नुभएको विश्वासको मत प्राप्तिसम्बन्धी प्रस्ताव अल्पमतमा परेपछिका तीन दिन नेपाली राजनीति निकै तरल बन्यो । प्रधानमन्त्री ओली पदमुक्त भएसँगै संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठन गर्न प्रतिपक्षी दलले आवश्यक सङ्ख्या पु-याउन नसकेपछि सोही धाराको उपधारा ३ अनुसार प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । नयाँ सरकार बनेपछि तत्कालका लागि राजनीतिक तलाउको पानी स्थिर हुनपुगेको छ । नेपालको राजनीतिमा निकै दोह-याइने शब्द स्थिरता हो, स्वाभाविक रूपमा आम नेपालीको चाहना पनि हो यो । आधुनिक नेपालका सबै सरकारले किन पूर्ण अवधि काम गर्न सकेका छैनन् भन्ने प्रश्नले नेपाली राजनीतिक शास्त्रमा विशेष महŒव राख्ने गरेको छ । विगतमा जननिर्वाचित सरकारलाई राजाले अपदस्थ गरेर, व्यक्तिगत टकरा

तानसेनमा पानी (सम्पादकीय)

अव्यवस्थित बसोवास, वन फडानी, अवैज्ञानिक विकास संरचना निर्माणलगायतका कारण नेपालका कतिपय बस्तीमा पानीको ठूलो समस्या हुने गरेको छ । वर्षायाममा जसोतसो व्यवहार चले पनि हिँउदमा राजधानीलगायतका घनाबस्तीमा खानेपानी समस्या आउने गरेको छ । राजधानी उपत्यकामा मेलम्चीको पानी ल्याएपछि समस्याको दीर्घकालीन समाधान हुने विश्वास छ भने अन्य कतिपय सहरमा यस्ता समस्या समाधानका लागि ठूलो लगानी र समय लाग्ने अवस्था छ । पहाडकी रानी भनिने पाल्पाको तानसेन धोइपखाली त के, खानेपानीकै अभावले छटपटिएको छ । तानसेनको माथिल्लो भागमा पानीको ठूलो स्रोत नभएको, तराई वा उपत्यकामा जस्तो जमिनमुनिबाट पानी निकाल्न नमिल्ने तर बजार विस्तार तीव्र गतिमा हुँदै गरेकाले खानेपानी समस्या विकराल बन्यो । उ जमानाको सीमित जनसङ्ख्यालाई पु¥याएको होलाङ्दी धारा कुवाले धानेन । अन्तिम उपायका रूपमा कालीगण्डकी लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएपछि भने तानसेनवासीको तिर्सना मेटिने विश्वास जागेको छ । आयोजनाको पहिलो चरणअन्तर्गत छ वटा स्टेसनमार्फत एकहजार ४४ मिटर उचाइमा रहेको बतासेडाँडाको ट्याङ्कीमा पानी ल्याइएको छ । छ वटा पम्पस्टेसन, पाँच वटा ट्याङ्की निर्माण, पम्प हाउस पाइप विस्तार, विद्युत् विस्तारका काम पनि सकिएकाले यहाँको पानी प्रतीक्षा लामो हुने छैन । बस्तीको माथिल्लो भागमा पानीको स्रोत नभएपछि लिफ्ट पानी ल्याउनु नै प्रमुख विकल्प हुनेछ । तर यसरी ल्याइएको पानी महँगो मात्र नभई बिजुली वितरणमा हुने अनियमितता तथा पटकपटक बिग्रने कारण धेरै स्थानमा यस्ता आयोजनाको सफलतामा प्रश्न पनि उठाइएका छन् । यस्ता आयोजनाको प्रभावकारी परिचालन र अधिकतम लाभ लिन उपभोक्ताको विशेष सहभागिता र सक्रियता आवश्यक हुन्छ । सङ्घीय सरकारको ९० र स्थानीयको १० प्रतिशत लगानीमा निर्मित करिब ४० करोडको आयोजनाले ५० हजार जनसङ्ख्याको दैनिक ३५ लाख लिटर पानीको आवश्यकता पूर्ति गर्ने बताइएको छ, जसबाट तानसेनको पानीकहर व्यवस्थापन हुनेछ । तर यसलाई उपभोक्ताहरूले आफ्नो आयोजना सम्झेर मर्मत सम्भार, प्राप्त पानीको सदुपयोगमा विशेष ध्यान दिनुपर्छ ।