काठमाण्डाै - सिन्धुपाल्चोकमा २०७२ सालको भूकम्पबाट विस्थापित भएका नागरिकलाई खानेपानीको अभाव भएको छ ।
इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको हो । इन्द्रावतीको तल्लो बसेरी, ढाडेँलगायतका ५३ परिवारलाई त्यहाँको वडा–४ नवलपुरमा सामूहिक जग्गा खरिद गरेर स्थानान्तरण गरिएको थियो ।
स्थानान्तरणपछि बस्तीका हरेक घरमा धारा बनेका छन् तर खानेपानी सङ्कलनका लागि बनाइएको ट्याङ्की रित्तो छ । बस्तीका लागि स्थायी खानेपानीको मूलसमेत नहुँदा एक गाग्री पानी थाप्न दैनिक तीन किलोमिटर टाढा पुग्नुप...