कुनै पनि देशको आर्थिक सूचकको परिदृश्य त्यो देशले हरेक वर्ष खर्च गर्ने बजेट र हरेक वर्ष आउने आकारमा पनि निर्भर रहन्छ । पछिल्लो १० वर्षको बजेटको आकारलाई हेर्दा हरेक वर्ष औषतमा १५ प्रतिशतले बृद्धि भएको देखिन्छ । यही यसैलाई आधार मान्दा अवको १० वर्षमा नेपालको बजेटको आकार ३ हजार ८ सय अर्ब पुग्ने देखिएको छ । सामान्यतया बजेट निर्माणको चक्रलाई हेर्दा बजेटमा जीडीपीको ४१ प्रतिशत हिस्सा रहन्छ । जीडीपीको अनुपातमा बजेट आएमा ४ हजार ९ सय अवको बजेट हुने छ ।