हंसपुर नगर प्रमुखलाई अवहेलना मुद्दामा अदालतमा हाजिर हुन आदेश

अदालतको आदेशलाई चुनौती दिएको भन्दै हंसपुर नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई उपस्थित हुन अदालतले आदेश दिएको छ । धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मण्डल र प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डललाई उच्च अदालत जनकपुरले आदेश पालना नगरेको भन्दै उपस्थित हुन आदेश दिएको हो ।हंसपुर नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीलाई हाजिर गर्नबाट रोक लगाएपछि अदालतमा रिट निवेदन दायर भएको थियो । अदालतले भदौ ९ मा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्नबाट रोक लगाउने कार्

सम्बन्धित सामग्री

मेलम्चीको मुद्दामा बहस सुरू गर्नुअघि पूर्व सुनुवाइ छलफल गरिने

३  असार, काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा नियमित सुनुवाइ सुरु गर्नुअघि पूर्व सुनुवाइ छलफल गर्ने भएको छ । मेलम्चीको मुद्दामा प्रतिवादी बनाइएका सबै आरोपितहरु हाजिर भएपछि विशेष अदालतले पूर्व सुनुवाइ छलफलको आदेश …

भ्रामक विज्ञापन गरेको भन्दै रामदेव र बालकृष्णलाई अदालतमा उपस्थित हुन आदेश

भारतीय सुप्रिम कोर्टले भ्रामक विज्ञापनलाई लिएर जारी मुद्दामा अदालतको अपहेलना गरेको भन्दै पतंजलि आयुर्वेदका संस्थापक रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई अदालतमा हाजिर हुन आदेश दिएको छ।

निलम्बित सचिव मरासिनी साधारण तारिखमा रिहा

२८ माघ, काठमाडौं । विशेष अदालतले निलम्बनमा परेका सचिव मधुकुमार मरासिनीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरु डा. खुसीप्रसाद थारु, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले राष्ट्रिय भुक्तानी प्रणाली (नेशनल पेमेन्ट गेट–वे)को भ्रष्टाचार मुद्दामा परेका उनलाई विशेष अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो । उनी आइतबार विशेष अदालतमा हाजिर […]

चुडामणि शर्माविरुद्ध मुद्दामा साक्षी झिकाउन आदेश

काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरुद्धको मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ । मुद्दाको प्रक्रिया सुरु भएको करिब ५ वर्षपछि न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । सो आदेशसँगै अब म्यादपत्र गएपछि साक्षीहरु विशेष अदालतमा हाजिर हुने छन् र अदालतले उनीहरूको बकपत्र […]

बैंकिङ कसूर मुद्दामा ९९ जनालाई ३० दिनभित्र उपस्थित हुन अदालतकाे आदेश

काठमाडौं । उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा ९९ जनालाई ३० दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको छ । अदालतले पुस ४ गते सोमबारको मितिदेखि ३० दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन आदेश दिएको हो । उनीहरू बयानका लागि तोकिएको समयमा हाजिर नभए कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउने उच्च अदालत पाटनले जारी गरेको […]

कंगनाविरुद्ध पक्राउ पूर्जी जारी

बलिउड अभिनेत्री कंगना रनौत फेरि कानुनी विवादमा फसेकी छिन्। भारतीय गीतकार जावेद अख्तरको मानहानीको मुद्दामा मुम्बईको एक अदालतले कंगनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। अदालतले यसअघि अदालतमा हाजिर हुन आदेश दिएको थियो। तर अदालतमा हाजिर हुने आदेश जारी गरे पनि उनी उपस्थित नभएपछि पक्राउ पूर्जी जारी गरिएको हो। अदालतले कंगनालाई…

मनमोहनलाई सय रुपैयाँ जरिवाना भएको थियो, ओलीलाई के होला ?

१५ माघ, काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित बाटोको म्याद बाहेक सात दिनभित्र आफैँ अदालतमा उपस्थित हुन आदेश दिएको छ । यससँगै प्रश्न उठेको छ, बहालवाला प्रधानमन्त्री अब अदालतमा हाजिर होलान् कि नहोलान् ? विगतको परम्परा के छ ? सर्वोच्च अदालतले यसअघि पनि विभिन्न मुद्दामा प्रधानमन्त्री ओलीलाई […]