चुडामणि शर्माविरुद्ध मुद्दामा साक्षी झिकाउन आदेश

काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरुद्धको मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ । मुद्दाको प्रक्रिया सुरु भएको करिब ५ वर्षपछि न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । सो आदेशसँगै अब म्यादपत्र गएपछि साक्षीहरु विशेष अदालतमा हाजिर हुने छन् र अदालतले उनीहरूको बकपत्र […]