काठमाडौं : सर्वोच्च अदालतले नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ।
शुक्रराज आरणसमेतले दायर गरेको रिट निवेदनमा बुधवार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले लिखित जवाफ मगाउने आदेश दिएको हो।
प्रचण्डविरुद्ध यसअघि पनि परेको अवहेलना मुद्दामै न्यायाधीश डा मनोज शर्माको एकल इजलासले माघ २१…