बैंकिङ कसूर मुद्दामा ९९ जनालाई ३० दिनभित्र उपस्थित हुन अदालतकाे आदेश

काठमाडौं । उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा ९९ जनालाई ३० दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको छ । अदालतले पुस ४ गते सोमबारको मितिदेखि ३० दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन आदेश दिएको हो । उनीहरू बयानका लागि तोकिएको समयमा हाजिर नभए कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउने उच्च अदालत पाटनले जारी गरेको […]

सम्बन्धित सामग्री

बैकिङ कसूरमा १५ लाख बढी जरिवाना तोकिएर फरार युवक पक्राउ

प्रहरीले बैंकिङ कसूर गरी वैदेशिक रोजगारी गएका एक युवालाई पक्राउ गरेको छ । बेँसीशहर नगरपालिका–७ बस्ने २९ वर्षीय नवराज रिमाल पक्राउ परेका हुन्। विभिन्न बैंकिङ कसूर मुद्दामा लगत कायम भई १७ दिन कैद र १५ लाख ८० हजार भएका रिमाल विदेशबाट आएर लुकिछिपी बस्दै आएको र प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए । उनीविरुद्ध उच्च अदालत पाटनबाट पाँचवटा छुट्टाछुट्टै बैंकिङ कसूर मुद्दा दर्ता भई ९ मंसिर २०७६ मंसिरसमेत गरी अन्य विभि

बैंकिङ कसूर मुद्दामा वडाध्यक्ष जयसवाल पक्राउ

चैत १२, काठमाडौं । प्रहरीले तीन ओटा छुट्टाछुट्टै बैंकिङ कसूर मुद्दामा कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको छ ।   प्रहरीले  निजलाई तीन ओटा छुट्टाछुट्टै बैंकिङ कसूर मुद्दा जनही २०, १० र ८ लाख रुपैयाँ गरी ३८ लाख रुपैयाँ ठगी गरेको आरोपमा कलैया बजारबाट शुक्रवार पक्राउ गरिएको बताएको छ ।             पक्राउ परेका जयसवाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। जयसवाल २०७४ सालको स्थानीय निर्वाचानमा नेकपा (एमाले) का तर्फबाट निर्वाचित भएका थिए । उनी निर्माण व्यवसायी संघ बाराको अध्यक्ष पनि छन् ।

विभिन्न मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

झापा – बैंकिङ कसूर मुद्दा र बहुविवाह मुद्दाका फरार २ जना प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बाह्रदशी गाउँपालिका–२ का ४२ वर्षीय नर प्रसाद पनेरू र बहुविवाह मुद्दाका फरार प्रतिवादी अर्जुनधारा नगरपालिका–३ घर भएका २९ वर्षीय राजु श्रेष्ठ रहेका छन् । उनीहरूमध्ये नर प्रसाद पनेरूलाई उच्च अदालत […]