काठमाडौं : नेपाली कांग्रेसले पालिका तहको अधिवेशन पूर्व निर्धारित (असोज ९) गते गर्ने निर्णय गरेको छ। कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको आज अपरान्ह संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।वडा अधिवेशन सकिएका जिल्लाहरूमा असोज ९ मै पालिका अधिवेशन गर्ने निर्णय भएको महामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। ‘वडा अधिवेशन सम्पन्न भएका जिल्लामा ९ गते नै पालिका अधिवेशन सम्पन्न गर्ने र सदस्यता नटुंगिएका जिल्लामा निर्वाचन समितिले नै अवस्था हेरेर मिति निर्धारण गर्