२१ साउन, काठमाडौं । खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीमा भएको वृद्धिसँगै एभरेष्ट बैंकको नाफा बढेको छ ।
आम्दानीमा वृद्धि र सम्भावित कर्जा नोक्सानीको प्रोभिजन घट्दा बैंको नाफा बढेपनि बैंकहरूले लिलामीमा निकालेको धितो बिक्री …
१९ साउन काठमाडौं । समग्र बैंकिङ प्रणालीमा निष्क्रिय कर्जा बढ्दा सम्भावित कर्जा नोक्सानी वापतको व्यवस्था प्रोभिजन रकम पनि बढ्दै गएको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा सानिमा बैंकको प्राभिजन रकम बढ्दा पनि नाफा उलेख्य बढेको छ । व्यवसाय उल्लेख्य विस्तार नभएपनि बैंकले ब्याजदर अन्तर (स्प्रेड दर) लाई व्यवस्थापन गर्दा खुद ब्याज आम्दानीमा उल्लेख्य […]
काठमाडौं। असल बैंकिङ के हो ? र, कसरी गरिन्छ ? बैंकरहरूका लागि सधैं टाउको दु:खाइको विषय हो । त्यसैले यसबारे धेरै छलफल तथा बहस समेत हुने गर्छ । यसै सन्दर्भमा बैंकर बीएन घर्तीले असल बैंकिङ अभ्यासमा सहयोग पुग्ने पुस्तक ‘बैंकिङ अनुशासन’ लेखेका छन् । नेपालकै उदाहरण हेर्ने हो भने असल बैंकिङको प्रभावकारी अभ्यास हुन नसक्दा झन्डै ९ दशकको बैंकिङ इतिहासमा थुप्रै बैंक तथा वित्तीय संस्था अप्ठ्यारोमा परेका छन् । यस्तै केन्द्रीय बैंकले नै कहिले आवश्यकताभन्दा बढी वित्तीय संस्थालाई सञ्चालन अनुमति दिने त कहिले तिनै संस्थालाई मर्जरका लागि दबाब दिने गरेको पाइन्छ । यद्यपि यस्तो अभ्यास संसारका अन्य मुलुकमा पनि हुने गरेको छ ।
नेपाल जस्तो मुलुक, जसले बैंकिङका संसारभरका असल अभ्यास भित्त्याउन सक्नुपर्ने हो । त्यसो हुन नसक्दा बैंकिङ क्षेत्रमा अनेकौं समस्या देखिने गरेका छन् । यतिसम्म कि कतिपय बैंकिङ संस्थालाई लगानीका मुख्य स्रोत पत्ता लगाउनै कठिन पर्ने आरोप लाग्ने गरेको छ । साथै कतिपयको जोड बढीभन्दा बढी नाफा कमाउनेतिर हुने गरेको छ ।
समाजमा बैंक किन आवश्यक छ, बैंकबाट समाजले के कस्ता लाभ लिन सक्छन् र वित्तीय सेवा प्रदान गरेबापत लिनुपर्ने लाभ कतिसम्म हो भन्नेबारे पनि अनेक दृष्टिकोण रहँदै आएका छन् । पक्कै पनि यस्ता कुराको छिनोफानो अंकगणितको सहायताले हुन सक्दैन । तर एक किसिमको अनुशासनमा बस्ने हो भने बेलाबेला समाजमा उठ्ने यस्ता प्रश्नले बैंक तथा वित्तीय संस्थाबारे नकारात्मक धारणाको विकास हुन पाउँदैन । यही कुराको पुस्ट्याइँका लागि बैंकर घर्तीले ल्याएको ‘बैंकिङ अनुशासन’ पुस्तक समग्र बैंकिङ क्षेत्रका लागि निकै उपयोगी हुने देखिन्छ ।
पुस्तकमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्था अरूको पैसाको संरक्षक हुन् । निक्षेप स्वीकार गरेपछि फिर्ता गर्नुपर्छ । कर्जा प्रवाह गरेपछि असुली पनि गर्नुपर्छ । ग्राहकले निक्षेप वर्षौंसम्म राख्न सक्छन् । कर्जा वर्षौंसम्म लिन सक्छन् । त्यसैले बैंकिङ व्यवसाय अरू व्यवसाय जस्तो होइन । हरेक बैंकरले यति मात्र कुरा बुझ्ने हो भने पनि समग्र बैंकिङ क्षेत्रमा व्यापक सुधार आउन सक्छ । र, बैंकिङ क्षेत्रले आम सर्वसाधारणको मन जित्न सक्छ ।’ पुस्तकमा पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाहरूले बैंकिङ मर्मभन्दा बाहिर गएर कारोबार गरेको पनि उल्लेख छ । त्यस्ता वित्तीय संस्थाले राष्ट्र बैंकको निर्देशनको अनुपालना गरे तापनि त्यसभित्रका छिद्र खोज्दै अल्पकालीन उद्देश्यले व्यवसाय विस्तार गर्ने गरेको औंल्याइएको छ । यस्ता दृष्टान्तले बैंकिङ क्षेत्रमा सुधारको आवश्यकता देखाउँछ ।
आफ्नो पुस्तकमा लेखक घर्तीले जोड दिएझैं वास्तवमा बैंकिङ अनुशासन आजको आवश्यकता हो । बैंकिङ अनुशासनले दिगो विकासमा सघाउँछ । बैंक तथा वित्तीय संस्था मात्र नभई सरोकारवाला सबै अनुशासनमा बस्न आवश्यक रहेको पुस्तकको निचोड छ । पुस्तकको प्रकाशक बैंकिङ एन्ड इन्स्योरेन्स म्यानेजमेन्ट प्रालि रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमाथि नाफा धेरै कमाएको भन्ने आरोप लाग्न थालेको वर्षौं भएको छ । बैंकिङ प्रणालीमार्फत कर्जा लिएर उद्योग–व्यवसाय गर्ने निजी क्षेत्रले बैंकले नाफा बढाउन मात्र ध्यान दिइरहेको पटक–पटक आरोप लगाएको छ । पछिल्लो समय उच्च ब्याजदरका कारण बैंक र निजी क्षेत्रबीचको सम्बन्ध सुमधुरसमेत हुन सकेको छैन । अर्थतन्त्र सुस्ताउँदा पनि बैंकचाहिँ किन नाफामै […]
१० चैत, काठमाडौं । पछिल्लो समय लगानी योग्य रकम (तरलता) अभावका कारण बैंकहरु समस्यामा छन् । यो समस्या समाधानका लागि बैंकहरुले विदेशबाट पर्याप्त ऋण भित्र्याउन सकेका छैनन् । ऋण भित्र्याउनेमा २७ वाणिज्य बैंकमध्ये १० वटा मात्र छन् । ऋण ल्याउँदा सकारात्मक असर परेको छ । विदेशबाट सबैभन्दा बढी ६ करोड ५० लाख अमेरिकी डलर ऋण […]
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न भएका हो ।उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण नाफा नोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरिएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७८/७९ […]
काठमाडौं । कोराना महामारीका कारण प्रभावित भएको बैंकिङ क्षेत्रमा पुनरुत्थान (रिकभरी) को संकेत देखिन थालेको छ । कोरोना भाइरस नियन्त्रण गर्न २०७६ चैतयता पटकपटक लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले बैंकिङ क्षेत्र पनि प्रभावित भएको थियो ।
तर, अहिले भने बैंकिङ क्षेत्र पुनरुत्थानको बाटोमा गएको छ । वाणिज्य बैंकहरूले सोमवारसम्म सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकहरूको नाफा २४ प्रतिशतले वृद्धि भएको छ ।
चालू आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले कुल रू. १८ अर्ब ११ करोड ७३ लाख खुद नाफा कमाएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा ३ अर्ब ५१ करोड ३१ लाखले बढी हो । गत आवको समीक्षा अवधिमा बैंकहरूले रू. १४ अर्ब ६० करोड खुद नाफा कमाएका थिए ।
गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको खुद नाफा औसतमा ८ दशमलव ४ प्रतिशतले घटेको थियो । तर, चालू आवको समीक्षा अवधिमा बैंकहरूको नाफा दोहोरो अंकले नै बढेको छ ।
यसपालि कोरबैंकिङ व्यवसायबाट नै आम्दानी हुन थालेको माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला बताउँछन् । ‘गत आवसम्म बैंकहरूको नियमित आम्दानी त्यति थिएन । शेयर कारोबारबाट आम्दानी हुने गरेको थियो । तर, अहिले भने नियमित आम्दानीबाट नै नाफा भएको छ,’ उनले भने ।
अहिले भइरहेको तरलता अभावको प्रभाव भने दोस्रो त्रैमासिकमा देखिन सक्ने उनको भनाइ छ ।
यसपालि नाफा कमाउने मामलामा एनआईसी एशिया बैंक अगाडि देखिएको छ । समीक्षा अवधिमा एनआईसी एशियाले रू. १ अर्ब १८ करोड खुद नाफा कमाएको छ । दोस्रो स्थानमा रहेको नबिल बैंकले रू. १ अर्ब ११ करोड २२ लाख ३४ हजार र तेस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले रू. १ अर्ब ११ करोड २२ लाख २४ हजार खुद नाफा कमाएका छन् ।
यी बैंकहरूसहित ५ बैंकले अर्बभन्दा बढी नाफा कमाएका छन् । तिनमा राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंक रहेका छन् ।
ती बैंकहरूले क्रमशः १ अर्ब ५ करोड र १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएका छन् । अन्य बैंकहरूको नाफा १ अर्बभन्दा तल रहेको सम्बद्ध बैंकहरूको वित्तीय विवरणमा देखिन्छ ।
४ बैंकको नाफा भने घटेको छ । तिनमा प्राइम कमर्शियल बैंकको ३ दशमलव ९ प्रतिशत, प्रभु बैंकको २५ दशमलव १४ प्रतिशत, कुमारी बैंकको १० दशमलव १९ प्रतिशत र नेपाल बंगलादेश बैंकको २७ दशमलव ९३ प्रतिशतले नाफा घटेको छ ।
समीक्षा अवधिमा सिभिल बैंकको नाफामा उच्च वृद्धि देखिएको छ । उक्त बैंकको नाफा २०१ प्रतिशतले बढेको देखिन्छ । गत आवको समीक्षा अवधिमा ९ करोड ६६ लाख खुद नाफा कमाएको यस बैंकले अहिले रू. २९ करोड १८ लाख खुद नाफा कमाएको छ ।
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७६/७७ वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार तथा वृद्धि देखिएको छ । गत आवमा वाणिज्य बैंकहरूको नाफा औसतमा २० दशमलव ०२ प्रतिशतले बढेको हो ।
हाल नेपालमा २७ वाणिज्य बैंक सञ्चालनमा छन् । सोमवारसम्म उनीहरूले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आव २०७६/७७ मा भने वाणिज्य बैंकहरूको खुद नाफा औसतमा १२ प्रतिशतले घटेको थियो ।
तथ्यांकअनुसार गत आवमा वाणिज्य बैंकहरूले कुल रू. ६३ अर्ब ३७ करोड ३८ लाख ३६ हजार खुद नाफा कमाएका छन्, जुन अघिल्लो आवको तुलनामा १० अर्ब ५७ करोड ३२ लाखले बढी हो । अघिल्लो आव २०७६/७७ मा बैंकहरूले रू. ५२ अर्ब ८० करोड ६ लाख खुद नाफा कमाएका थिए । त्यसअघि अर्थात् आव २०७५/७६ मा भने बैंकहरूले ६१ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको देखिन्छ ।
अघिल्लो आवमा कोरोना महामारीका कारण बैंकहरूको नाफा नमज्जाले प्रभावित भएको थियो । प्रवाहित कर्जा नउठ्दा र नयाँ व्यवसाय पनि विस्तार हुन नसक्दा व्यवसाय नमज्जाले प्रभावित भएको थियो । तर, गत आवमा भने बैंकहरूको नाफामा ह्वात्तै बढेको छ ।
बैंकहरूले व्यावसायिक गतिविधिबाट नै त्यस बराबरको नाफा कमाएका भने होइनन् । नाफा बढ्नुको पछाडि राष्ट्र बैंकको एक निर्देशन कारण रहेको छ ।
गत जेठमा राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै वाणिज्य बैंकहरूलाई पनि लघुवित्त वित्तीय संस्थाहरूको शेयर खरीद गर्न रोकेको थियो । साथै, खरिीद गरिसकेको शेयर पनि आगामी पुस मसान्तभित्र विक्री गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन थियो ।
वाणिज्य बैंकहरूले लघुवित्तको शेयर व्यापक मात्रामा खरीद गर्दै आएका थिए । तर, राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले धमाधम त्यस्तो शेयर विक्री गर्दै आएका छन् । त्यसको असरले नै बैंकहरूको नाफा बढेको बैंकरहरू बताउँछन् । साथै, व्यावसायिक गतिवधि पनि बढ्दो अवस्थामा रहेकाले नाफा बढेको बताइएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नाफा बढ्नुको मुख्य कारण लघुवित्त कम्पनीको शेयर विक्री गर्नु रहेको बताए । ‘हाम्रो बैंकको हकमा नाफा बढ्नुको मुख्य कारण यही हो । राष्ट्र बैंकको निर्देशनअनुसार त्यस्तो शेयर विक्री गर्नुपर्ने भएकाले समग्र बैंकिङ क्षेत्रको नाफा बढको देखिन्छ,’ उनले भने, ‘साथै, यस अवधिमा व्यावसायिक वृद्धि पनि राम्रो नै भएको छ ।’
गत आवमा नाफा कमाउने मामलामा अन्य बैंकलाई पछि पार्दै नबिल बैंक अग्र स्थानमा देखिएको छ । नबिल बैंकले समीक्षा वर्षमा रू. ४ अर्ब ५० करोड ४४ लाख खुद नाफा कमाएको छ । नाफा कमाउने मामिलामा सबैभन्दा बढी चुक्ता पूँजी भएको ग्लोबल आईएमई बैंक भने दोस्रो नम्बरमा रहेको छ । उक्त बैंकले रू. ४ अर्ब १२ करोड ६५ लाख खुद नाफा कमाएको छ ।
नाफा कमाउने मामिलामा अघिल्लो आवसम्म पहिलो नम्बरमा रहेको राष्ट्रिय वाणिज्य बैंक यसपटक भने तेस्रो स्थानमा पुगेको छ । बैंकले रू. ३ अर्ब ७९ करोड ५३ लाख नाफा कमाएको छ ।
सिभिल बैंक यसपटक पनि नाफा कमाउने मामलामा अन्तिम नम्बरमा रहेको छ । बैंकले ५५ करोड ९३ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना नियन्त्रण गर्न पहिलोपटक २०७६ चैत ११ गतेबाट २०७७ असारसम्म नै पूर्ण बन्दाबन्दी लगाइएको थियो ।
नमज्जाले प्रभावित भए । त्यो अवस्थामा कोरोना प्रभावित क्षेत्रमा प्रवाह भएको कर्जाको सावाँब्याज उठ्न सकेन । कर्जा पुनर्तालिकीकरण, सावाँब्याज भुक्तानीको म्याद थपजस्ता नीतिले अघिल्लो आवमा बैंकहरूको नाफा नमज्जाले प्रभावित भएको थियो ।
तर, चालू आवमा बैंकिङ गतिविधि बढ्दै गयो । त्यसको असरले नै नाफा बढेको बताइएको छ । शेयर कारोबार पनि बैंकहरूको नाफा बढ्न गएको बताइएको छ । यद्यपि गत वैशाख १६ गतेदेखि गरेको निषेधाज्ञा कारण बैंकको व्यवसाय प्रभावित भएको थियो ।
काठमाडौं, साउन १२ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई स्थायित्व दिने र सुरक्षित गर्ने उद्देश्यले नाफा नियन्त्रण गर्ने खालका निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले सोमवार एकीकृत निर्देशन २०७७ लाई संशोधन गर्दै कुल असल कर्जाको १ दशमलव ३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । आव […]
कोरोना महामारीले बैंकिङ क्षेत्रमा पुर्याएको असर विस्तारै देखिन थालेको छ। चालु अर्थिक वर्षको ६ महिनामा अधिकांश बैंकको नाफा घटेपछि कोरोनाको असर देखिन थालेको बैंकरहरूले बताएका छन्।