असल बैंकिङ बुझ्न ‘बैंकिङ अनुशासन’

काठमाडौं। असल बैंकिङ के हो ? र, कसरी गरिन्छ ? बैंकरहरूका लागि सधैं टाउको दु:खाइको विषय हो । त्यसैले यसबारे धेरै छलफल तथा बहस समेत हुने गर्छ । यसै सन्दर्भमा बैंकर बीएन घर्तीले असल बैंकिङ अभ्यासमा सहयोग पुग्ने पुस्तक ‘बैंकिङ अनुशासन’ लेखेका छन् । नेपालकै उदाहरण हेर्ने हो भने असल बैंकिङको प्रभावकारी अभ्यास हुन नसक्दा झन्डै ९ दशकको बैंकिङ इतिहासमा थुप्रै बैंक तथा वित्तीय संस्था अप्ठ्यारोमा परेका छन् । यस्तै केन्द्रीय बैंकले नै कहिले आवश्यकताभन्दा बढी वित्तीय संस्थालाई सञ्चालन अनुमति दिने त कहिले तिनै संस्थालाई मर्जरका लागि दबाब दिने गरेको पाइन्छ । यद्यपि यस्तो अभ्यास संसारका अन्य मुलुकमा पनि हुने गरेको छ ।  नेपाल जस्तो मुलुक, जसले बैंकिङका संसारभरका असल अभ्यास भित्त्याउन सक्नुपर्ने हो । त्यसो हुन नसक्दा बैंकिङ क्षेत्रमा अनेकौं समस्या देखिने गरेका छन् । यतिसम्म कि कतिपय बैंकिङ संस्थालाई लगानीका मुख्य स्रोत पत्ता लगाउनै कठिन पर्ने आरोप लाग्ने गरेको छ । साथै कतिपयको जोड बढीभन्दा बढी नाफा कमाउनेतिर हुने गरेको छ । समाजमा बैंक किन आवश्यक छ, बैंकबाट समाजले के कस्ता लाभ लिन सक्छन् र वित्तीय सेवा प्रदान गरेबापत लिनुपर्ने लाभ कतिसम्म हो भन्नेबारे पनि अनेक दृष्टिकोण रहँदै आएका छन् । पक्कै पनि यस्ता कुराको छिनोफानो अंकगणितको सहायताले हुन सक्दैन । तर एक किसिमको अनुशासनमा बस्ने हो भने बेलाबेला समाजमा उठ्ने यस्ता प्रश्नले बैंक तथा वित्तीय संस्थाबारे नकारात्मक धारणाको विकास हुन पाउँदैन । यही कुराको पुस्ट्याइँका लागि बैंकर घर्तीले ल्याएको ‘बैंकिङ अनुशासन’ पुस्तक समग्र बैंकिङ क्षेत्रका लागि निकै उपयोगी हुने देखिन्छ ।  पुस्तकमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्था अरूको पैसाको संरक्षक हुन् । निक्षेप स्वीकार गरेपछि फिर्ता गर्नुपर्छ । कर्जा प्रवाह गरेपछि असुली पनि गर्नुपर्छ । ग्राहकले निक्षेप वर्षौंसम्म राख्न सक्छन् । कर्जा वर्षौंसम्म लिन सक्छन् । त्यसैले बैंकिङ व्यवसाय अरू व्यवसाय जस्तो होइन । हरेक बैंकरले यति मात्र कुरा बुझ्ने हो भने पनि समग्र बैंकिङ क्षेत्रमा व्यापक सुधार आउन सक्छ । र, बैंकिङ क्षेत्रले आम सर्वसाधारणको मन जित्न सक्छ ।’ पुस्तकमा पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाहरूले बैंकिङ मर्मभन्दा बाहिर गएर कारोबार गरेको पनि उल्लेख छ । त्यस्ता वित्तीय संस्थाले राष्ट्र बैंकको निर्देशनको अनुपालना गरे तापनि त्यसभित्रका छिद्र खोज्दै अल्पकालीन उद्देश्यले व्यवसाय विस्तार गर्ने गरेको औंल्याइएको छ । यस्ता दृष्टान्तले बैंकिङ क्षेत्रमा सुधारको आवश्यकता देखाउँछ । आफ्नो पुस्तकमा लेखक घर्तीले जोड दिएझैं वास्तवमा बैंकिङ अनुशासन आजको आवश्यकता हो । बैंकिङ अनुशासनले दिगो विकासमा सघाउँछ । बैंक तथा वित्तीय संस्था मात्र नभई सरोकारवाला सबै अनुशासनमा बस्न आवश्यक रहेको पुस्तकको निचोड छ । पुस्तकको प्रकाशक बैंकिङ एन्ड इन्स्योरेन्स म्यानेजमेन्ट प्रालि रहेको छ ।

सम्बन्धित सामग्री

बैंकिङ कसुरका मुद्दा बढे

झापामा पछिल्लो समय बैंकिङ कसुरका मुद्दा बढेका छन् । बैंकिङ कारोबार बढेसँगै चेक बाउन्स, ठगीलगायतका बैंकिङ कसुरका मुद्दा बढेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको हो । आर्थिक वर्ष ०७९/८० मा बैंकिङ कसुरका मुद्दा अघिल्लो वर्षमा भन्दा ६० प्रतिशतले बढेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । आर्थिक वर्ष ०७९/८० […]

बैंकिङ प्रणालीमा तरलता सहज

बजारमा बैंकिङ प्रणालीमा तरलता अभाव रहेको चर्चा चलिरहेका बेला विभिन्न तथ्यांकले यतिखेर तरलता अभाव नरहेको देखाएका छन् । गत आर्थिक वर्ष (आव)को शुरूदेखि बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य रकम (तरलता) को अभाव सहज बन्दै गएको हो ।चाडपर्व र चुनावका कारण बैंकिङ प्रणालीबाट बाहिरिएको रकम फिर्ता हुन थालेको र रेमिट्यान्स (विप्रेषण) आप्रवाह बढेका कारण बैंकिङ प्रणालीमा भएको निक्षेप वृद्धिले तरलतामा सुधार देखिएको हो ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आइतवारसम्मको तथ्यांकअनुसार बैंक, वित्तीय संस्थासँग ५२ खर्

बैंकिङ प्रणालीमा रिपो के हो ?

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग गर्ने उपकरण नै रिपो हो । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून...

प्रदेश १ मा इन्टरनेट बैंकिङ सेवा बढ्दो, शाखारहित बैंकिङ सेवा घट्दो

प्रदेश १ मा इन्टरनेट बैंकिङ सेवा लिने ग्राहकको सङ्ख्या एक वर्षमा ६५.७ प्रतिशतले वृद्धि भएको छ । प्रदेश १ सरकारले पछिल्लो पटक सार्वजनिक गरेको आर्थिक सर्वेक्षण रिपोर्ट अनुसार इन्टरनेट बैंकिङ सेवा लिनेको सङ्ख्या २०७७ सालमा ८३ हजार २८३ थियो । ०७८ सालमा यो सङ्ख्या बढेर १ लाख ३७ हजार ९६६ पुगेको छ ।यस्तै मोबाइल बैंकिङ सेवा लिनेको सङ्ख्यामा पनि ३१.४ प्रतिशतले वृद्धि भएको छ । ०७७ सालमा १८ लाख ९२ हजार ४३७ जनाले मोबाइल बैंकिङ सेवा लिएका थिए भने २०७८ सालमा यो सङ्ख्या २४ लाख ८६ हजार ९८२ पुगेको छ ।डेबिट

शाखारहित बैंकिङ सेवा सञ्चालन

बैंकले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा सञ्चालन गरेको बताए।...

सामना बैंकिङ पुरस्कार वितरण

सामना बैंकिङ पुरस्कार गुठीले बैंकिङ तथा वित्तीय पुस्तक लेखक र आर्थिक पत्रकारलाई सम्मान गरेको छ । गुठीले १३औँ वार्षिक साधारणसभाको अवसर पारेर लेखक डा. रेशमराज रेग्मी र श्याम खतिवडा तथा...

एनआइसीको मोबाइल बैंकिङ एप निःशुल्क

एनआइसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ एप, वेबसाइट, आइ–सर्भर तथा इन्टरनेट बैंकिङ एप एनसेलमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ।...

मेगा बैंकको अत्याधुनिक मोबाइल बैंकिङ सेवा

मेगा बैंक नेपालले डिजिटल बैंकिङ प्रयोगकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ ।बैंकले सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप ‘मेगा स्मार्ट बैंकिङ’ वा आफ्नो वेब साइटमार्फत समेत प्रयोग गर्न मिल्ने जानकारी गराएको छ ।डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका एवं नभएका […]

मेगा बैंकका चार नयाँ शाखारहित बैंकिङ सेवा

मेगा बैंक नेपाल लिमिटेडले बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका चार स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले सुनसरीको भोक्राहा, सिन्धुपाल्चोकको थाङ्पाल र कुभिन्डे तथा धादिङको ज्वालामुखी गाउँपालिका सातदोबाटोमा शाखारहित...

सन्राइज बैंकको शाखारहित बैंकिङ सेवा

सन्राइज बैंकले ललितपुर जिल्लाको महांकाल गाउँपालिका–६, ठुलादुर्लुङ र सप्तरी जिल्लाको खड्क नगरपालिका–११, बनौलीमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो दुुुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७६ पुगेको छ ।बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत ग्राहकहरुले एटीएम कार्ड प्रयोग […]