बादी समुदाय : मजदुरी गर्दै जीविका चलाउँदै

शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बिष्नाकुमारी बादीको परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएको छ । उनीहरुका लागि जीविका चलाउने एकमात्रै साधन मजदुरी रहेको छ । मजदुरी पाएको बेला दुई छाक खाना खान बादी परिवारले पाउने गरेका छन् । मजदुरी नपाइए भोकभोकै बस्नुपर्ने अवस्था पनि आउने गरेको छ । दैनिक मजदुरी पाइने गरेको छैन । हप्तामा एक–दुई दिन बादी परिवारले मजदुरी पाउने गरेका छन् । दुई दिन पाउने मजदुरीले परिवारको हप्ता दिनको खाना खर्च जुटाउनुपर्ने उहाँका लागि वाध्यता छ । कृषि र निर्माणकार्य

सम्बन्धित सामग्री

बादी समुदाय भन्दछन् : व्यवस्था बदलिए, अवस्था बदलिएन

कञ्चनपुर, १६ चैत । कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाका कित्थे बादी पहिला विवाहमा नाचेर पाएको बक्सीसबाट घरधन्दा चलाउँथे । हाल उनको दिनचर्या फेरिएको छ । पहिला जस्तो उनले नाचगान गर्दैनन् । परिवारको खर्च धान्न उनले कृषि मजदुरी गर्छन् । “विवाह, ब्रतबन्ध, न्वारनलगायतमा बादी समुदायका नृत्यकलाई बोलाइने गरिन्थ्यो उनले भने, “खुबै नाच्थ्यौँ, मादलको तालमा नाच्ने बादी नृत्यक मात्रै […]

राहत माग्दै बादी परिवार

स्थानीय मंगलसेन नगरपालिका–५ मा बस्दै आएका बादी समुदाय निषेधाज्ञाका कारण समस्यामा परेका छन् । उनीहरू दिनहुँजसो गाउँघरमा पुगेर मागेको खाद्यान्नले गुजारा चलाउँदै आएका थिए । कोरोना संक्रमणसँगै भएको निषेधाज्ञाले उनीहरूलाई साँझबिहानको छाक टार्नै समस्या भएको हो । मागेर र बजारमा मजदुरी गरेर जीविकोपार्जन गरिरहेका बादी समुदाय यतिखेर नगरपालिका र अन्य निकायमा राहतका लागि गुहारिरहेका छन् ।