पदाधिकारी मनोनयन व्यवस्थालाई खारेज गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रत्यक्ष निर्वाचित प्रणालीलाई पारित गरेको छ । काठमाडौंमा मंगलबार सम्पन्न एन्फाको १९औं साधारण सभाले निर्वाचन प्रणालीबाट मात्र पदाधिकारी चयनको व्यवस्था सुरु गरेको हो । यस अघिको व्यवस्था अनुसार केही कार्यसमितिले परिस्थिति अनुकुल पदाधिकारी मनोनयन गरिरहेको थियो ।साधारण सभाले १७ सदस्यीय कार्यसमितीलाई बढाएर २१ सदस्यीय कार्यसमितिमा पु¥याउने निर्णय समेत गरेको छ । एन्फाका प्रवत्ता किरण राईले आगामी साधारण सभाबाट बन्ने कार्यसम