किसानलाई असार–साउनमा खेती लगाउन हतारो भएजस्तै बिमा कम्पनीलाई यति बेला चुक्ता पुँजी बढाउने चटारो छ । बिमा समितिले असारभित्र चार गुणासम्म चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएपछि उनीहरु पुँजी बढाउन हतारिएका हुन्् ।
बिमा समितिले ६ महिनाभित्र चुक्ता पुँजी जीवनले दुई अर्ब र निर्जीवन बिमा कमपनीले एक अर्ब रुपैयाँ पु¥याउनुपर्ने कठिन मापदण्ड समितिले तोकेपछि बिमा कम्पनीहरु त्यसको तयारीमा जुटेका छन् । नियमनकारी निकायले तोकेको मापदण्ड पूरा गर्नुपर्ने बाध्यात्मक अवस्था आएपछि बिमा कम्पनीहरुले पुँजी वृद्धिको लक्ष्य तय गरेका हुन् । यसका लागि उनीहरुले बोनस र हकप्रद सेयरको योजना बनाएका छन् ।