क्यामरुनमा भवन भत्किंदा १२ जनाको मृत्यु

एजेन्सी । क्यामरुनमा एउटा भवन भत्किंदा १२ जनाको मृत्यु भएको छ । उक्त घटनामा १५ भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । घाइते मध्ये तीन बालबालिकाको अवस्था गम्भीर छ । क्यामरुनको राजधानी याउन्देबाट २ सय १० किलोमिटर पश्चिममा रहेको डुआला शहरमा रहेको ४ तले भवन भत्किंदा १२ जनाको मृत्यु भएको हो । […]