बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले अधिकृतस्तर १० औं तहका स्वास्थ्यतर्फका चार जना र प्रशासनतर्फका एक जना गरी पाँच जनालाई अधिकृतस्तर ११ औं तहमा बढुवा गरी नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको हो।
१० माघ, हेटौंडा । बागमती प्रदेश सरकारले बुधबार पूर्णता पाउने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बागमतीमा ११ मन्त्रालय कायम गर्ने निर्णय गरेको छ । अब मन्त्रीहरुको नियुक्ति तथा शपथ बुधबार हुने प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । ‘भोलि २ बजेतिर ११ वटा मन्त्रालय अन्तर्गतका थप […]
हेटौंडा : बागमती प्रदेश सरकारको निर्णय एकपछि अर्को गर्दै अदालतले धमाधम उल्टाउँदै गएको छ। अघिल्लो सरकारले गरेको नियुक्ति खारेज गर्ने निर्णय गरेको प्रदेश सरकारको निर्णय अदालतले धमाधम उल्टाइदिएको हो।गत माघ २१ गते बागमती सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ८ अस्पतालका अध्यक्ष बर्खास्त गरी नयाँ अध्यक्ष नियुक्त गरेको थियो। तर, सर्वोच्च अदालतको अल्पकालीन आदेशले एक महिनाअघि हटाइएका बागमती प्रदेशका ८ जिल्लाका अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष पुनर्बहाली भएका छन्।आफू बहाली छ
हेटौंडा : एमाले नेतृत्वको अघिल्लो सरकारले गरेको नियुक्ति धमाधम खारेज गरिरहेको बागमती प्रदेश सरकारलाई पहिलो गाँसमा नै ढुंगा लागेको छ। अघिल्लो सरकारले विभिन्न निकायमा गरेका नियुक्ति खारेज गरि नयाँ नियुक्ति गरेको प्रदेश सरकारको पहिलो निर्णयमा नै धक्का लागेको हो।बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको अध्यक्ष मधु बजगाईंलाई हटाउँदै सुदिप बर्तौलालाई नियुक्त गर्ने निर्णय गरेका थिए। तर, उनको यो निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनको हे
बागमती प्रदेश सरकारले विभिन्न जिल्लामा अस्पताल व्यवस्थापन समितिको नयाँ अध्यक्ष नियुक्ति गरेको छ । प्रदेश सरकार अन्र्तगतको स्वास्थ्य मन्त्रालयले प्रदेशको १३ जिल्लाका २३ अस्पताल तथा आयुर्वेद अस्पताल केन्द्र मध्ये हाल ८ वटा जिल्लामा अस्पताल व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरेको हो ।बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मकवानपुर, सिन्धुली, भक्तपुर, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर र दोलखाका जिल्ला अस्पताल तथा आयुर्वेद अस्पताल केन्दको अस्पताल व्यवस्थापन समिति अध्यक्ष नियुक्त
हेटौंडा : बागमती प्रदेश सरकारले अघिल्ला सरकारले गरेका राजनीतिक नियुक्ति एक साताभित्र खारेज गर्ने तयारी गरेको छ।बुधबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रक्रिया टुङ्ग्याएर एक साताभित्रै अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरू खारेज गर्ने विषयमा छलफल भइरहेको बताएका हुन्।प्रक्रियागत विषय नटुङ्ग्याउँदा कानुनी समस्या हुने र अदालती प्रक्रिया झेल्नुपर्ने भएकाले प्रक्रिया पुर्याएर अघिल्लो सरकारले गरे
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी पुस १२ गते हुने निर्वाचनका लागि सम्बन्धित जिल्ला न्यायाधीशलाई तत्तत् जिल्लामा यही पुस १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ । नियुक्त भएका निर्वाचन अधिकृतमा प्रदेश नं १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं २ का लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ रहेका छन् ।गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्री
न्युज अफ नेपाल, हेटौंडा । बागमती प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष र ३ सदस्यको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सपथग्रहण गरिएको छ । प्रदेश सरकारमा अल्पमतमा रहनुभएकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् बिस्तारसँगै आफ्ना नजिकका र एमालेका नेता/कार्यकर्तालाई नियुक्ति दिन सुरु गर्नुभएको हो । प्रदेशकी मुख्यमन्त्री तथा आयोग अध्यक्ष शाक्यले आयोग उपाध्यक्ष तथा सदस्यहरुलाई सपथग्रहण गराउनुभयो […]
सरकारले बागमती प्रदेशको प्रमुख विष्णु प्रसाईलाई हटाएर यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
भदौ ३ गते बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई बागमती प्रदेशको प्रमुखका नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री निकट स्रोतले बतायो ।
यसअघि केपी ओली नेतृत्वको सरकारले विष्णु प्रसाईलाई बागमती प्रदेशको प्रमुख नियुक्त गरेको थियो । प्रसाई झापाको मेची नगर नगरपालिकाको मेयरमा पराजित भएका थिए ।
सरकारले नियुक्ति सिफारिस गरेको प्रसाई भने एमाले (समाजवादी)मा अध्यक्ष माधव नेपाल निकट हुन् ।...
काठमाडौं : बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बन्ने भएकी छन्। शाक्यलाई संसदीय दलको नेता चयन गरेर आजै मुख्यमन्त्री घोषणा गर्न लागेको नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य अरुण नेपालले थाहाखबरलाई जानकारी दिए। अहिले संसदीय दलको बैठक जारी रहेको उनले बताए। अध्यक्ष केपी शर्मा ओलीको खरो विरोधमा उत्रिएकी शाक्यलाई मुख्यमन्त्री बनाएर ओलीले बागमती प्रदेशमा आफूलाई बलियो बनाएका छन्। शाक्यलाई नियुक्ति गर्नका लागि मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने तयारी