बागमती प्रदेशमा यादव चन्द्र शर्मालाई नियुक्त गर्ने सरकारको निर्णय

सरकारले बागमती प्रदेशको प्रमुख विष्णु प्रसाईलाई हटाएर यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।  भदौ ३ गते बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई बागमती प्रदेशको प्रमुखका नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री निकट स्रोतले बतायो ।  यसअघि केपी ओली नेतृत्वको सरकारले विष्णु प्रसाईलाई बागमती प्रदेशको प्रमुख नियुक्त गरेको थियो । प्रसाई झापाको मेची नगर नगरपालिकाको मेयरमा पराजित भएका थिए । सरकारले नियुक्ति सिफारिस गरेको प्रसाई भने एमाले (समाजवादी)मा अध्यक्ष माधव नेपाल निकट हुन् ।...