राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्ति

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी पुस १२ गते हुने निर्वाचनका लागि सम्बन्धित जिल्ला न्यायाधीशलाई तत्तत् जिल्लामा यही पुस १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ ।  नियुक्त भएका निर्वाचन अधिकृतमा प्रदेश नं १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं २ का लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ रहेका छन् ।गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्री

सम्बन्धित सामग्री

बालेन साह राष्ट्रियसभा निर्वाचनमा अनुपस्थित

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशको निर्वाचनमा स्थानीय तहतर्फ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह मतदानमा अनुपस्थित हुनुभएको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यामिक विद्यालयमा भएको मतदान प्रक्रियामा बालेन लगायत पाँचजना अनुपस्थित रहेको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले बताउनुभयो । मतदानन नगर्नेमा काभ्रेको चौंरीदेउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर तामाङ र नुवाकोटका किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ …

मधेस प्रदेशको राष्ट्रियसभा निर्वाचनमा ६ जना मतदाता अनुपस्थित, मतदान सकियो

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मधेस प्रदेशमा भएको निर्वाचनमा ६ जना मतदाता अनुपस्थित भएका छन् ।  बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा ३ सय ७२ जना मतदातामध्ये ३६६ ले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले निर्धारित समयमा ६ जनाले मतदान नगरेको बताए । मतदान नगर्नेमा चार जना स्थानीय तहका जनप्रतिनिधि र दुई जना प्रदेशसभा सदस्य रहेको उनले बताए । मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता

राष्ट्रियसभा सदस्य निर्वाचन : हेटौंडामा मतदान जारी, आजै बेलुका परिणाम आउने

राष्ट्रियसभा सदस्यअन्तर्गत खाली दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन जारी छ । निर्वाचन हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बुधबार बिहान १० बजेबाट सुरू भएको हो ।  मतदान दिउँसो ३ बजे सकिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार अपरान्ह ४ बजेपछि मतगणना सुरू गरी बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गरिनेछ । राष्ट्रियसभा सदस्य पदका लागि बागमतीबाट ६ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनका दुई जना, एमालेका दुई जना र नेपाल मजदुर किस

राष्ट्रियसभा निर्वाचन : विवेकशील साझा र राप्रपा सहभागी नहुने

राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । अन्य समूह र महिला समूहमा गरेर दुई जना राष्ट्रिय सभा सदस्यका लागि बुधबार हेटौँडा औद्योगिक क्षेत्रको सभाहलमा मतदान हुँदैछ । मङ्गलबार निर्वाचन आयोग बागमती प्रदेश कार्यालय, हेटौँडामा बसेको सर्वपक्षीय बैठकमा निर्वाचनलाई पारदर्शी, स्वतन्त्र र निष्पक्ष बनाउने बारेमा छलफल भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन, २०७८ का निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने र एक घण्टापछि मतगणना सुरु हुनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनः बागमतीका उम्मेदवारलाई दलकै चुनाव चिन्ह

राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले आइतबार प्रदेशबाट उम्मेदवारी दिएका ६ जना उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेका हुन् । श्रेष्ठले उम्मेदवारको प्रतिनिधिहरुको रोहवरमा उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेका हुन् । उम्मेदवारहरूलाई सम्बन्धित दल कै चुनाव चिन्ह प्रदान गरेको छ ।कार्यालयले बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका लागि नेपा

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा छ जनाको उम्मेदवारी

अगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन अन्र्तगत प्रदेश नम्बर २ मा मंगलबार उम्मेदवारी दर्ता भएको छ । प्रदेश २ मा एउटा महिला र एउटा खुला गरेर दुई सिटका लागि हुने निर्वाचनमा छ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश २ का निर्वाचन अधिकृत बजे्रस प्याकुरेलले जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचन : कर्णालीमा यस्तो छ  मतभार

राष्ट्रियसभामा रिक्त हुने तीन सदस्यका लागि माघ १२ गते हुने निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले कर्णालीबाट निर्वाचित हुने तीन सदस्यका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दैछ भने मङ्गलबार उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेको जनाएको छ । कर्णालीमा स्थानीय तहका प्रमुख÷उपप्रमुख १५६ र प्रदेशसभाका ३५ गरी १९१ जना मतदाता छन् । प्रदेश निर्वाचन अधिकारी एवं सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले मङ्गलबार उम्मेदवारको मनोनयन दर्ता हुने बताए ।

राष्ट्रियसभा उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

काठमाडौं।आगामी जेठ ६ गते हुने वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ। राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा उनलाई नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ। उनलाई वैशाख १६ गतेबाट लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो।

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश श्रेष्ठ नियुक्त

जेठ ६ गते बिहीवारको हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ । निर्वाचन आयोगको मंगलवारको निर्णयबाट श्रेष्ठलाई नियुक्त गरिएको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए । बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई वैशाख १६ गत...