काठमाण्डाै – तीन महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगमा हिजाेदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ । भट्टीमा कोइलाको आपूर्ति गरेर काम सुरु गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ ।
उद्योगलाई चाहिने गुणस्तरीय कोइला बोलपत्रमार्फत भारत, भुटान, इन्डोनेसियालगायत अन्य देशबाट आपूर्ति गरिएको छ । हाल १४ हजार मेट्रिक टन कोइला आपूर्ति भइरहेको हेटौंडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिनुभयो ।
उद्योगमा केही महिनादेखि आर्थिक अभावको कारणबाट समयभित्रै कोइला आपूर्ति गर्न कठिनाइ भएको थि...