हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि १२ जनाको आवेदन (सूचीसहित)

हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धकका लागि १२ जनाको आवेदन स्वीकृत भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको छनोट समितिले रितपूर्वक भरिएका १२ जनाको आवेदन स्वीकृत गर्दै अन्तर्वार्ताका लागि बोलाउने निर्णय गरेको हो । अढाई महिनादेखि रिक्त महाप्रबन्धक पदका लागि मन्त्रालयले माघ २६ गते आवेदन खुलाएको थियो ।