हेटौंडा सिमेन्ट उद्योग दसैँपछि मात्र सञ्चालनमा आउने भएको छ । कोइला अभावका कारण उत्पादन ठप्प भएको उक्त उद्योगले दसैँसम्ममा सिमेन्ट उत्पादनका लागि आवश्यक कोइला आयात गर्ने र उद्योग सञ्चालन गर्ने तयारी गरेको हो ।कोइला अभावका कारण करिव डेढ महिनादेखि हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द छ । आगामी २ सातामा उद्योग सञ्चालनको लागि आवश्यक मात्रामा कोइला प्राप्त हुने र उक्त समयमा दसैँ पनि पर्ने भएकाले त्यस लगत्तै उद्योग सञ्चालन गरिने उद्योगका प्रवक्ता अशोक गौतमले जानकारी दिए ।विभिन्न समस्या भोग्दै आएको उद्