काठमाडौं । काठमाडौं म्यारिएट होटलले चौथो वार्षिकोत्सव मनाएको छ । होटलले मंगलवार सेवा प्रवाहको चार वर्ष पूरा गरेको हो । होटलले नेपालका स्थानीय र अन्तरराष्ट्रिय आगन्तुकलाई स्तरीय आतिथ्य प्रदान गर्दै पयर्टन उद्योगको समग्र वृद्धिमा योगदान दिँदै आएको होटलको दाबी छ । विगत चार वर्षको यात्रा काठमाडौं म्यारिएटका लागि अविश्वसनीय भएको होटलका प्रबन्ध निर्देशक गौरव अग्रवालले बताए ।