कर्णाली प्रदेश सरकारले बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने भएको छ ।प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले प्रभावित प्रतिपरिवारलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सीता कुमारी नेपालीले जानकारी दिइन् ।त्यसका लागि सबैभन्दा पहिला बाढीपहिरोबाट प्रभावित घरपरिवारको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरु मार्फत संकलन गरिने उनले बताइन् ।यसरी संकलन गरिएको विवरण आन्तरिक मामिला तथा कानुन मन्त्रालय