सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका १४ सांसदमाथिको कारवाहीसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै त्यसमाथि संसद्मा छलफल हुन नसक्ने बताएका छन् ।
१४ सांसदको कारवाही सम्बन्धमा नेकपा एमालेले सदनमा प्रश्न उठाएपछि सभामुख सापकोटाले यस विषयमा सदनमा कुरा उठाउन नमिल्ने जिकिर गरेका हुन् ।
सभामुखले जवाफ दिने बताउँदै गर्दा एमाले सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।
‘तपाईंहरूले जवाफ माग्नु भएको छ, म जवाफ दिन जाँदैछु । माननीय सदस्यहरूले यसै बैठकमा उठाएको विषयमा मैले प्रचलित का...