काठमाडौं : नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाइतर समूहको बैठकले यही अवस्थामा पार्टी अगाडि बढ्न नसक्ने निष्कर्ष निकालेको छ। देउवाले बोलाएको पदाधिकारी बैठकअघि बसेको रामचन्द्र पौडेल समूहको बैठकपछि नेतृ सुजाता कोइरालाले भनिन्, ‘पार्टीमा जताततै विवाद उत्पन्न भइरहेको छ। साथीहरू अनशन बस्नुभएको छ। अधिवेशनमा उस्तै विवाद छ। यही अवस्थामा पार्टी अघि बढ्न सक्दैन।’पार्टीभित्रको विवादको विषयमा गम्भीर छलफल भएको बताइन्। बैठकमा जिल्ला जिल्लाबाट आएका नेताहरूको कुरा सुन्दा पार्टी नरा