संविधानबाट धर्मनिरपेक्षता, समावेशिता कुनै हालतमा हट्न सक्दैन : नेम्वाङ

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले संविधानबाट लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता हट्न नसक्ने बताएका छन् । आइतबार संविधान दिवसका अवसरमा एमालेले गरेको कार्यक्रममा बोल्दै उनले केही राजनीतिक दलले संविधानका ती प्रावधान हटाउने विषयमा छलफल गरेको सुनिएको भए पनि त्यो सम्भव नभएको बताए । पूर्व सभामुखसमेत रहेका नेम्वाङले भने, ‘छस्यास् छुस्स सुन्छु, ठूला दलले यसमा पुनर्विचार गर्न थालेका छन् । पार्टीले आयोजना गरेको यो मुख्य कार्यक्रममार्फत् म तपाईंहरुलाई आश्वस्त तुल्याउन चाहन्छ