नर्वेको वामपन्थी गठबन्धनले आमनिर्वाचनमा प्रचण्ड बहुमत हासिल गरेको छ ।
लेबर पार्टीका नेता जोनास गाहर स्टोरको नेतृत्वमा रहेको गठबन्धनले मध्यमार्गी दक्षिणपन्थी गठबन्धनलाई सत्ताच्युत गरेको हो । कन्जर्भेटिभ प्रधानमन्त्री एर्ना सोल्बर्गको गठबन्धन सन् २०१३ देखि सत्तामा थियो ।
‘हामीले प्रतीक्षा गरेका थियौं, आशा गरेका थियौं र निकै मेहनत गरेका थियौं । अब हामी भन्न सक्छौं– हामी सफल भयौं,’ स्टोरले आफ्ना समर्थकहरूलाई बताए ।
सोल्बर्गले हार स्वीकार गरेपछि स्टोरले सम्बोधन गरेका हुन् । स्टोर आगामी प्रधानमन्त्...