मेलम्ची बाढीको उद्गमस्थल हेलम्बुको शिरभेग भेमाथाङ पहिरोक्षेत्रको हिउँमा फसेका एसियाली विकास बैक (एडीबी)को विशेषज्ञससहितको १६ जनालाई सकुशल उद्धार गरियो । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालकाअनुसार बिहीबार बिहानै श्री एयरलाइन्सको हेलिकप्टरबाट १६ जनालाई हिमक्षेत्रबाट उद्धार गरेर केही परको सुरक्षित जंगल भेगमा राखिएको थियो ।