सोमबार एकाएक मौसममा बदलाब देखिएसँगै उपत्यकाको रुप पनि बदलिन पुग्यो । अर्थात एकाएक उपत्यका तुवालोले ढाकियो । सोमबारदेखि धुम्म रहेको उपत्यका मंगलबारसम्म पनि उस्तै छ । तुवालोकै कारण उपत्यकामा घाम लागेको छैन भने भिजिविलिटी कम देखिएको छ । त्यतिमात्रै होइन सर्वसधारणलाई असहज समेत महसुश अनुभव भइरहेको छ । सोमबारदेखि मौसममा आएको बदलावसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेसँगै यस्तो अवस्था आएको हो । सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै नम्बर एकमा पुग्यो। स्वीटजरल्या