काठमाण्डाै – नेपालको तराई क्षेत्रको वायु प्रदूषण अस्वस्थ अवस्थामा पुगेको छ । वायुको गुणस्तर मापन सूचक अर्थात् एअर क्वालिटी इन्डेक्स एक्वुआई दुई सयभन्दा माथि गएपछि त्यहाँको हावा अस्वस्थ रहेको मानिन्छ ।
केही घण्टादेखि विराटनगर, जनकपुर, महेन्द्रनगरलगायतका ठाउँमा रहेका प्रदूषण मापन केन्द्रहरूले एक्यूआई दुई सयभन्दा बढी देखाइरहेका छन् । पानी पर्न छाडेको केही दिनमात्र भएको र चिसो मौसम भर्खर सुरु भएकाले वायु प्रदूषण कम हुने भए पनि प्रदूषण बढेको हो । भारतमा वायुको प्रदूषण बढेकाले त्यसको असर नेपालको तराई क्षेत्रमा परेको वातावरणवि...