काठमाण्डाै – विज्ञहरूले नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन नागरिकहरूलाई आग्रह गरेका छन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नेपालमा वायु प्रदूषण बढ्दै गएकाले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभएको हो । बङ्गालको खाडी र पश्चिम अरेबियन सागरमा उत्पन्न भएको एक किसिमको जलवायु प्रणालीका कारण भारतका केही सहरमा ठूलाे वर्षा हुने र त्यसको असर नेपालमा पनि देखिने बताउनुभयो । डा. उप्रेतीले हिजाे बुधवार बेलुकादेखि नै काठमाण्डौलगायत देशभरका केही सहरमा वायुको गुणस्तर कम भएको बताउनुभयो । उहाँले दक्षिण भारतमा दुई सय १५...