काठमाडौंमा अत्याधिक वायु प्रदूषण, जनस्वास्थ्य विज्ञ भन्छन् : कोरोना संक्रमितलाई थप जोखिम

सोमवारदेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण अत्याधिक बढेको भन्दै जनस्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।  प्रदूषणको कारण काठमाडौंमा आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउने लगायतका अल्पकालीन लक्षणहरू देखिएको र दीर्घकालमा मुटु, फोक्सो तथा मस्तिष्कमा समेत खराब असर पर्न सक्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताएका छन् ।  मंगलवार बिहान सामाजिक सञ्जालमा एक लेख लेख्दै डा. पाण्डेले यस्तो प्रदुषण नरोकेमा दीर्घकालमा समेत ठूलो असर पर्ने बताउँदै यसमा सचेत हुन सरकारलाई आग्रह समेत ग...