दाङ - नेपाल मुख्य केही सहरमा वायु प्रदूषण अस्वस्थकर देखिएको छ । आज काठमाण्डौ उपत्यकाको भक्तपुरमा र दाङको तुलसीपुरमा सबैभन्दा धेरै प्रदूषण रहेको पाइएको छ । तुलनात्मक रुपमा तुलसीपुरकाे हावा धेरै दूषित छ ।
आज बिहान तुलसीपुरमा हावाको गुणस्तर मापन (एक्यूआई) १ सय ६९ र भक्तपुरमा १ सय ३७ रहेको छ । त्यस्तै भरतपुरमा १ सय २५ र बुटवलमा १ सय १९ छ । ५० एक्युआईसम्मको हावालाई गुणस्तरीय मानिन्छ। त्योभन्दा धेरै भयो भने स्वास्थ्यका लागि जोखिम हुन्छ ।
भारतमा पराल जलाउँदा निस्किएको धुवाँको प्रदूषण नेपाल भित्रिएको र यसको असर अझै क...