काठमाण्डाै – काठमाण्डाै उपत्यकालगायत देशका धेरैजसाे ठाउँमा शुक्रवारदेखि देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको छ ।
वायु प्रदूषण मौसममा पनि भर पर्छ । मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत हुने सम्भावना रहेको विज्ञहरूले बताएका छन् । वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ । यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रस्वाससम्बन्धी बिरामी र मुटुका रोगी बढी ...