सर्लाहीमा कर्तव्य ज्यान मुद्दा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका ४ का शुभनारायण राय रहेका छन्।...
३ असार, वीरगञ्ज । प्रहरीले कलैया–९ का ७२ वर्षीय वृद्ध फुल महमद मियाँ धुनियाको हत्या अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । स्थानीय ३१ वर्षीय बजरंगी साह तुरहा पक्राउ परेका हुन् । मृतक फुलमहम्मद धुनियाको मोबाइल सेट सहित पक्राउ परेका उनीविरुद्ध बारा जिल्ला अदालतमा ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ […]
गतचैत ६ गते मोरङको लेटाङमा भएको हिंसात्मक झडप र महिला प्रहरीको मृत्यु प्रकरणमा प्रहरीले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराउन अनुसन्धान गरिरहेको छ । अन्य ४३ जनाविरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । उक्त हिंसात्मक झडपमा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको हत्या भएको थियो । सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलासहित २० जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्दै आएको छ । य
उर्लाबारी ५ का ३१ वर्षीय प्रविण बास्तोलाको हत्या घटनामा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा जिल्ला अदालत मोरङमा दर्ता भएको छ । पक्राउ परेका दुई जनाको अदालतमा बुधबार बयान गराइएको छ ।
विराटनगर : शंकास्पद अवस्थामा मृत भेटिएका मोरङका ३१ वर्षीय प्रविन बास्तोलाको हत्यामा संलग्न रहेको आरोपमा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।उर्लाबारी नगरपालिका–५ प्रविनको हत्याको अभियोगमा सरकारी वकिलको कार्यालयले ६ जनाविरूद्ध कर्तब्य ज्यान मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ। सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा पक्राउ परेका दुई जना र फरार भएका चारसहित ६ जनाविरूद्ध कर्तब्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो।प्रहरीले पक्राउ गरेको होटल संचालक उर्लावारी नगरपालिका–९ का ३४