लेटाङ घटना २० जनाविरूद्ध कर्तब्यज्यान मुद्दा लगाउने तयारी

गतचैत ६ गते मोरङको लेटाङमा भएको हिंसात्मक झडप र महिला प्रहरीको मृत्यु प्रकरणमा प्रहरीले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराउन अनुसन्धान गरिरहेको छ । अन्य ४३ जनाविरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । उक्त हिंसात्मक झडपमा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको हत्या भएको थियो । सोही घटनामा  संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलासहित २० जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्दै आएको छ । य

सम्बन्धित सामग्री

लेटाङ घटना : १६ जना बालकलाई अभिभावकको जिम्मा लगाउने आदेश

विराटनगर । जिल्ला अदालत मोरङले लेटाङमा प्रहरीको हत्याको घटनामा संलग्नको आरोपमा पक्राउ परेका १६ जना नाबालकलाई अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी बनाइएका एकजना र अभद्र व्यवहारको मुद्दा चलाइएका १५ जना बालकलाई आफन्तको जिम्मा लगाउने आदेश दिएको हो । अदालतले बोलाएको वा खोजेका बेला उपस्थित गराउनुपर्ने […]

लेटाङ घटना : प्रहरीको हत्यामा संलग्न बालकलाई अविभावकको जिम्मा

मोरङको लेटाङ घटनामा ज्यान मुद्दा आभियोग लागेका एक १४ वर्षीय नाबालकलाई जिल्ला अदालत मोरङले मंगलबार अविभावकको जिम्मा लगाउन आदेश दिएको छ ।

लेटाङ घटना : महिला प्रहरी हत्या अभियोगमा १४ जनालाई मुद्दा चलाउन प्रहरीको राय

काठमाडौं । महिला प्रहरीको हत्या गरिएको लेटाङ घटनामा १४ जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ । मोरङ प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ । प्रहरीको प्रस्तावित राय कर्तव्य ज्यानमा मुद्दा चलाउन भनिएकामध्ये ३ जना फरार छन् । प्रतिवादी बनाउन राय दिइएका सबैजना पुरुष छन् । एक जना भने […]

लेटाङ घटना : महिला प्रहरी हत्या आरोपमा २० जना विरुद्ध मुद्दा

महिला प्रहरी उर्मीला श्रेष्ठको हत्या आरोपमा  मोरङ प्रहरीले २० जनालाई पक्राउ गरेर कर्तव्य ज्यान कसुरमा अनुसन्धान थालेको छ । ६ चैत साँझ मोरङको लेटाङमा बलात्कार आरोपी शिक्षकलाई नियन्त्रणमा लिन जाँदा स्थानीय...