काठमाडौं : गत अप्रिलमा विश्वकप फुटबलको ड्र हुँदा जर्मनी र स्पेन एकै समूहमा परेका थिए। त्यसपछि यी दुई बीचको भिडन्तलाई विश्वकपमा समूह चरणको सबैभन्दा ठूलो खेलका रूपमा लिइएको थियो। यी दुई विश्व च्याम्पियन र उपाधि दाबेदारबीचको सो प्रतीक्षित खेल आज कतारको अल बायात रङ्गशालामा हुँदैछ। यी दुईबीचको खेल आज राति पौने १ बजे सुरु हुनेछ। यस विश्वकपमा यी दुई टिमको पहिलो खेलमा प्रदर्शनमा भने आकाश जमिनको फरक छ। चार पटकको विश्वविजेता जर्मनी आफ्नो पहिलो खेलमा एसियाली टिम जापानसँग २–१ ले स