जाडोमा रुघाखोकीको समस्याले धेरैलाई सताउने गरेको छ । वास्तवमा जाडोमा शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ, जसका कारण रोगको जोखिम बढ्छ । यस्तो अवस्थामा जाडो मौसममा यस्ता चीजहरूको सेवन गर्नुपर्छ, जसले गर्दा शरीरलाई न्यानोपन मिल्छ । जाडो मौसममा धेरैजसो मानिसले चिया पिउने गर्छन् । अदुवा र अलैंची हालेको चिया त खानु भएको होला । तर, के तपाईंले कहिल्यै ल्वाङको चिया पिउनुभएको छ ? हो, भान्सामा मसलाको रूपमा प्रयोग गरिने ल्वाङबाट बनेको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । आयुर्वेदका अनुसार ल्