प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति नभए विवाद हुन्छ, मलाई जिताउनुहोस् : देउवा

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेरबहादुर देउवाले आफूलाई सभापतिमा जिताउन आवश्यक रहेको बताएका छन् । मतदानको अघिल्लो दिन आइतबार पत्रकार सम्मेलन आयोजना गरेर देउवाले आफूले सभापतिमा जित हात पारे तीनै तहको निर्वाचनमा पार्टीलाई जित दिलाउने वाचासमेत गरे । उनले सभापति र प्रधानमन्त्री हुँदा विवाद हुने त्यसैले पनि आफूले जित्नु आवश्यक रहेको तर्क गरे। […]

सम्बन्धित सामग्री

कांग्रेसकाे निर्वाचन समिति संयाेजकमा घिमिरे

काठमाण्डाै – नेपाली कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिका संयोजक फेरिएका छन् । संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत भएपछि निर्वाचन समितिका वरिष्ठ सदस्य गोपालकृष्ण घिमिरेलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ संयोजकमा नियुक्त गर्नुभएको हो । केही ठाउँमा विवाद आएपछि महादेवप्रसाद यादवले निर्वाचन समितिकाे संयाेजकबाट सभापति देउवा समक्ष राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा स्वीकृत गरेर घिमिरेलाई नियुक्त गरिएको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसको डडे...

८३ दिनसम्म सरकारले पूर्णता नपाउनु लज्जास्पद : केसी

डडेल्धुरा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले सरकार गठन भएको ८३ दिनसम्म मन्त्रिपरिषद्‍ले पूर्णता नपाउनु लज्जास्पद भएको बताएका छन्।सोमबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएका हुन्। उनले कांग्रेसको आन्तरिक विवादले मन्त्रिपरिषद् गठनमा समस्या नभई गठबन्धनमा समस्या भएको औंल्याए।देउवा पक्षले आफूहरूसँग कुनै किसिमको छलफल नगरेकाले आन्तरिक विवाद उत्पन्न भएको उनको भनाइ थियो। फरक प्रसंगमा नेता केसीले उत्तेज

पाैडेल समूहले क्रियाशील सदस्यताबारेको बाँकी विवाद तत्काल टुङ्गो लगाउन दबाब दिने

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ । पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद तत्काल टुङ्गो लगाइ पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दबाब दिँदै आएका वरिष्ठ नेता पौडेलले आज शुक्रवार दिउँसाे सभापति देउवासँग भेट गर्ने समय मिलाउनु भएको हो ।  आज बिहान चाक्सीबारीमा रहेकाे नेता प्रकाशमान सिंहको निवासमा बसेको आफू पक्षीय नेताहरूको बैठकको निर्णयअनुसार उहाँले पार्टी सभापति देउवासँग भेट गरी पार्टीको क्रिया...

देउवा र पौडेलबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री देउवा र वरिष्ठ नेता पौडेलबीच आज अपरान्ह भेटघाट हुन लागेको हो । वरिष्ठ नेता पौडेल पक्षले पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दवाव दिँदै आएको छ ।शुक्रबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको आफू पक्षीय नेताहरुको बैठकको निर्णयअनुसार उनले पार्टी सभापति देउवासँग भेट

क्रियाशील सदस्यता विवाद टुङ्गिएसँगै कांग्रेस महाधिवेशनमा अग्रसर

नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्गिएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको छ । प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरुका तर्फबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले …

कांग्रेसले टुङ्ग्यायो क्रियाशील सदस्यताको विवाद, निर्धारित मितिमै महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाइएको नेता डा मीनेन्द्र रिजालले जानकारी दिए । प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरुका […] The post कांग्रेसले टुङ्ग्यायो क्रियाशील सदस्यताको विवाद, निर्धारित मितिमै महाधिवेशन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

क्रियाशील सदस्यता विवाद तीन दिनभित्र टुङ्ग्याउने काँग्रेस शीर्ष नेताबीच सहमति

नेपाली काँग्रेस शीर्ष नेताबीच तीन दिनभित्र विवादित क्रियाशील सदस्यता टुंग्याउने सहमति भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको शीर्ष नेताको बैठकमा सहमति भएको हो । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।करिब ४ घण्टा भएको छलफल पनि विवादित क्रियाशील सदस्यताको टुंगो नलागेपछि तीन दिन थप फेरि छलफल गर्न सहमति भएको रमेश

क्रियाशील सदस्यताबारे तीन विषयमा समाधान खोज्न तीन नेता जुटे छलफलमा

नेपाली काँग्रेस क्रियाशील विवाद समाधान उच्चस्तरीय समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ११ : ३० बजेबाट छलफल सुरु भएको हो ।क्रियाशील सदस्यता छानबिन समितिले निरूपण गर्न नसकेको क्रियाशील सदस्यताको समाधान खोज्न सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला छलफलमा जुटेका हुन् ।शीर्ष नेतात्रयलाई सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकले साथ दिएका छन् । बिहीबारको पदाधिकारी