कांग्रेसले टुङ्ग्यायो क्रियाशील सदस्यताको विवाद, निर्धारित मितिमै महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाइएको नेता डा मीनेन्द्र रिजालले जानकारी दिए । प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरुका […] The post कांग्रेसले टुङ्ग्यायो क्रियाशील सदस्यताको विवाद, निर्धारित मितिमै महाधिवेशन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

बाँकी जिल्लाको क्रियाशील सदस्यता शनिबारसम्म सार्वजनिक हुन्छ : प्रदीप पौडेल

१ असोज, काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद सहमति नजिक पुगेको छ । १४ औं महाधिवेशन अन्तर्गत ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसके पनि क्रियाशील सदस्यता विवादकै कारण २० जिल्लामा अधिवेशन हुन सकेको छैन । कांग्रेसले २० मध्ये काठमाडौंसहित ७ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिसकेको छ । बाँकी प्रदेश दुईका आठसहित १३ जिल्लाको क्रियाशील […]

कांग्रेस महाधिवेशन : थप ३ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले थप ३ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ। कांग्रेसले १४ औँ महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका जिल्लाहरुको क्रियाशील सदस्यको नामावली मंगलवार पार्टीको वेबसाइटमा प्रकाशित गरेको बताएको छ। कांग्रेसले सुनसरी, मकवानपुर र बाग्लुङको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो। नेपाली कांग्रेस निर्वाचन…

कांग्रेस महाधिवेशन : निर्वाचन समितिले पायो ३८ जिल्लाको क्रियाशील सदस्यता सूची

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ । क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु रिले अनसनमा बसिरहेका बेला महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समिति संयोजक महादेव यादवलाई नामावली बुझाएका हुन् । १४ औं महाधिवेशन प्रक्रिया सुरु हुन ८ दिन मात्रै […]

'मौका पाए कांग्रेसले डेढ वर्षसम्म महाधिवेशन सार्छ'

काठमाडौं : नेकपा एमालेको केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले सत्तारुढ कांग्रेसको क्रियाशील सदस्यता वितरणमा भइरहेको विवाद र महाधिवेशनबारे टिप्पणी गरेका छन्। कांग्रेसले मौका पाए डेढ वर्षसम्म महाधिवेशन सार्ने समाजिक सञ्जालमा उनले लेखेका छन्। क्रियाशील सदस्यता वितरणमा समेत विवाद भई तल्लो तहका कारण महाधिवेशन प्रभावित भएपछि एमाले नेता बाँस्कोटाले व्यंग्य गरेका हुन्। उनले लेखेका छन्, 'मैले त पहिल्यै भन्या छु। कांग्रेस शुन्य समयको प्रबन्ध मिलाउन खोज्दैछ। मौका पाए डेढ बर्ष महाधिवेशन सार्

फेरि अन्योलमा कांग्रेस महाधिवेशन

काठमाडौं, साउन १४ । क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा परेको छ। महाधिवेशन पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन अन्योलमा परेको हो। महाधिवेशन सुरु हुन एक महिनामात्र बाँकी रहँदा कांग्रेसले बुधबारसम्म क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन। केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको सदस्यता छानबिन समितिले मंगलबार ८ लाख […]

नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा

क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा परेको छ। महाधिवेशन पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन अन्योलमा परेको हो। महाधिवेशन सुरु हुन एक महिनामात्र बाँकी रहँदा कांग्रेसले बुधबारसम्म क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन।केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको सदस्यता छानबिन समितिले मंगलबार ८ लाख क्रियाशील सदस्यताको टुंगो लगाउँदै प्रतिवेदन बुझाएको छ। तर बारा र सप्तरीको नयाँ क्रियाशील सदस्यको फाइल खोलिएको छैन भने धनुषा र सर्ला

कांग्रेसमा आठ लाख ५२ हजारलाई क्रियाशील सदस्यता, चार लाख ४३ हजार ६७८ नयाँ

काठमाडौं : नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ।          कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशिल सदस्यता प्रदान गरेको हो। क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले मंगलवार पार्टी सभापति…

कांग्रेस क्रियाशील सदस्यता छानबिन अन्योलमा

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा महाधिवेशनको सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यताको छानबिन विषय पेचिलो बनेको छ ।देशभरबाट आएका क्रियाशील सदस्यता छानबिन गरी सदस्यताको टुंगो लगाउनेगरी कांग्रेसले नेता रमेश लेखकको संयोजकत्वमा छानबिन समिति बनाएको छ । तर, सो समितिले छानबिनको मापदण्ड नपाउँदा सदस्यतासम्बन्धी छानबिन र विवादमा तदारुकताका साथ काम गर्न सकेको छैन ।सदस्यता छानबिनसम्बन्धी विषयमा कांग्रेसभित्र विवाद रहँदै आएको छ । सदस्यताको विषय लिएर कांग्रेसभित्रका संस्थापन पक्ष र संस्था

कांग्रेसले क्रियाशील सदस्यता वितरणलाई समयमै टुङ्गाे लगाउने

काठमाण्डाै – नेपाली कांग्रेसले पूर्वनिर्धारित समयभित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशील सदस्यता वितरणलाई टुङ्गो लगाउने भएको छ । नेपाली कांग्रेसको पार्टीभित्रको आन्तरिक समायोजनलगायत विभिन्न कारणले रोकिएको क्रियाशील सदस्यता वितरण कार्य सबै जिल्लामा सुरु भइसकेकाले समयमै टुङ्गो लगाएर वडादेखि केन्द्रसम्मको सबै अधिवेशन समयभित्रै सम्पन्न गरिने नेता रमेश लेखकले जानकारी दिनुभयो ।  आइतवार बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी सम्मिलित बैठक कार्यतालिकाअनुसार पार्टीको महाधिवेशनलाई सम्पन्न गर्ने विषयमा ...

क्रियाशील सदस्यता असार पहिलो साता टुंगो लगाइने

नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ ।कांग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानका लागि पनि नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । कांग्रेसले यसअघि महाधिवेशन यही फागुन ७ देखि १० […]