नेपाली काँग्रेस शीर्ष नेताबीच तीन दिनभित्र विवादित क्रियाशील सदस्यता टुंग्याउने सहमति भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको शीर्ष नेताको बैठकमा सहमति भएको हो । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।करिब ४ घण्टा भएको छलफल पनि विवादित क्रियाशील सदस्यताको टुंगो नलागेपछि तीन दिन थप फेरि छलफल गर्न सहमति भएको रमेश