काठमाडाैं : सरकारी सञ्चार माध्यम गोरखापत्रबाट निकालिएका सञ्चारकर्मीहरूको पुनर्वहालीको विषयमा नेपाल पत्रकार महासंघले गोरखापत्र व्यवस्थापन पक्षसँग छलफल गरेको छ।महासंघका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले निकालिएका पत्रकारहरूको पुनर्वहालीका विषयमा गोरखापत्र संस्थान संचालक समितिका अध्यक्ष र प्रधान सम्पादकसँग आज छलफल गरेको हो।आस्थाका आधारमा कुनै पनि पत्रकारलाई कामबाट निकाल्न नहुने अडान राख्दै आएको महासंघले गोरखापत्रबाट निकालिएका संचारकर्मीको पुनर्वहाली गर्न व्यवस्थापन पक्षलाई सचेत गराएको छ।छल