विदेशबाट फर्केर अर्ग्यानिक खेतीतर्फ आकर्षित बेनीका युवा

म्याग्दी : धौलागिरि हिमालको फेदी र म्याग्दी तथा कालीगण्डकी नदीको वारिपारीका ग्रामीण खेतबारीमा म्याग्देली कृषकले अर्ग्यानिक खेती प्रणाली सुरु गरेका छन्।विशेषगरी व्यावसायिक कृषिमा युवा सहभागिता बढ्दै गएपछि म्याग्दीमा कृषिले व्यावसायिक रूप लिनुको साथै कृषिमा प्रविधिको प्रयोग र अर्ग्यानिक खेती विस्तारको क्रम बढेको हो। तीन वर्ष अघिसम्म स्थानीय तरकारीको सट्टा आयातित तरकारी खोजी गर्ने यहाँका उपभोक्ता अहिले भने खोजीखोजी स्थानीय उत्पादन खरिद गर्ने गरेका छन्।‘अहिले सदरमुकाम बेनीका प्रायः सबैघरक