प्रदेश सरकारको चार करोड लगानीमा पशुपालन कार्यक्रम सञ्चालन, युवा किसानकाे आकर्षण बढ्दै

म्याग्दी – म्याग्दीमा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा किसानलाई लक्षित गरेर पशुपालनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भएका छन् । विदेशिने युवालाई स्वदेशमै रोकेर स्वरोजगार बनाउन तथा आर्थिक विकास गर्ने उद्देश्यका साथ युवा लक्षित कार्यक्रमलाई जोड दिइएको हो ।  स्वदेशमा केही काम पाइएन भन्दै विदेशिने वा विदेशबाट फर्किएका युवा किसानलाई लक्षित गरेर म्याग्दीमा स्वरोजगारमूलक विभिन्न कार्यक्रम सञ्चालन भएका छन् । चालु आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रमअनुसार गण्डकी प्रदेश सरकारले पशुपालनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको ...

सम्बन्धित सामग्री

दाङका स्थानीयद्वारा प्राकृतिक सम्पदाकाे संरक्षण, पर्यटककाे आकर्षण बढ्दै

दाङ - दाङमा स्थानीय बासिन्दाको सक्रियतामा प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटकीय क्षेत्रको विकास हुँदै गएको छ । सामुदायिक वनमा आबद्ध स्थानीय बासिन्दा आफ्नो लगानीसँगै पालिका र प्रदेश सरकारको सहयोगमा पर्यटकीय क्षेत्रको विकासमा लागेका छन् । उनीहरुको सक्रियतामा लामो समयदेखि सुस्ताएको दाङको पर्यटन क्षेत्र बिस्तारै चलायमान बन्दै  गएको छ । स्थानीय कुलपानी सामुदायिक वन समूहले देउखुरीको गढवा गाउँपालिका वडा नं १ वडहराको कुलपानी हरितपार्क बनाएर सञ्चालनमा ल्याएको छ । अहिले हरितपार्क हेर्नका लागि दैनिक ५...

म्याग्दीमा तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै

म्याग्दी । म्याग्दीको सिंगा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक चिकित्सा सेवा सञ्चालनको तयारी थालिएको हो ।      तातोपानी कुण्डको व्यवस्थापन, प्रचारप्रसार र विकासका लागि सक्रिय रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक रूपमै आउने ५० डिग्री सेल्सियस तापक्रमको तातोपानी प्रयोग गरेर जल चिकित्सा, अकुपञ्चर, योग, फिजियो थेरापी, मसाज थेराप सेवासहितको प्राकृतिक चिकित्सालय बनाउन लागिको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिए । उनका अनुसार प्राकृतिक अस्पताल निर्माणका लागि गत आर्थिक वर्ष संघीय सरकारबाट प्राप्त ५० लाख र कुण्डको आन्तरिक आम्दानी ५० लाख गरी १ करोड लगानीमा अस्पतालमा आवश्यक पर्ने पूर्वाधार निर्माण गरिएको छ । साथै गत आर्थिक वर्षमै गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको बजेटबाट प्राकृतिक चिकित्सालयका लागि आवश्यक पर्ने थेरापीका उपकरण खरीद गरिएकोे छ । त्यसैगरी कुण्डको आन्तरिक आम्दानीबाट तलब र सेवासुविधा दिनेगरी एक प्राकृतिक चिकित्सकको व्यवस्था गरिएको छ । चिकित्सालयमा प्रदान गरिने सेवामध्ये मसाज थेरापी तथा योगाभ्यासका लागि तालीमप्राप्त जनशक्तिको आवश्यकता पर्ने भएकाले अहिले तालीम सञ्चालन भइरहेको र दशैंपछि बिरामीको उपचार शुरू गर्ने तयारी गरिएको तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालयका प्राकृतिक चिकित्सक डा. आयुशा अधिकारीले जानकारी दिइन् । अस्पतालमा तत्कालका लागि फिजियो थेरापिष्ट, मसाज थेरापिष्ट र नर्सिङ स्टाफसहित १५ भन्दा बढी स्वास्थ्यकर्मीको आवश्यक पर्ने उनको भनाइ छ । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार अहिले तत्कालका लागि पाँच शय्या तयार गरिएको छ । परम्परागत रूपमा तातोपानी कुण्डमा डुबुल्की मारेर उपचार गराउँदै आएका बिरामीलाई विकसित चिकित्सकीय पद्धति र प्रविधिको प्रयोग गरी अत्याधुनिक रूपमा सेवा प्रदान गर्न प्राकृतिक अस्पताल सञ्चालन गर्न लागिएको सचिव केसीको भनाइ छ । अस्पताल सञ्चालनमा आएपछि जलचिकित्सा, योगासन, अकुपञ्चरलगायत विधिबाट बिरामीको उपचार गरिने केसीले बताइन् । म्याग्दी नदीको किनारमा जमीनभित्रबाट बीरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेमा चर्मरोग, बाथरोग, ढाड दुख्ने, सुन्निएको, मर्किएको लगायत समस्या निको हुने विश्वासका साथ यहाँ वर्षेनि हजारौंको संख्यामा मानिस आउँछन् । पछिल्लो समय प्राकृतिक उपचारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएपछि जिल्लाका अन्य तातोपानी कुण्डलाई पनि व्यवस्थित गर्न थालिएको छ । म्याग्दीमा साना–ठूला गरी करीब एक दर्जन तातोपानीका कुण्ड छन् । रासस